म्याग्दी – उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग खोलाको औल भन्ने ठाउँमा आज (सोमवार) बेलुकी जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । सदरमुकाम बेनीबाट बेग खोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जीप दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरूमा चालकसहित आठै जना रघुगंगा गाउँपालिका १ बेग खोलाका रहेका छन् ।

ज्यान गुमाउनेमा बेग खोलाकी ३० वर्षीया गौमाया विक, ४० वर्षीय जीप चालक दुतबहादुर थापा, २५ वर्षीय खिम पुन र ५८ वर्षीय खिमनाथ शर्मा रहेका म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामकुमार राईले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते हुनेहरूमा बेग खोलाका २० वर्षीय भीम फगामी, ४५ वर्षीय बेलबहादुर विक, २३ वर्षीय मनोज पुन र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जा रहेका डीएसपी राईले बताउनुभयो । घाइतेहरूको टाउको, र शरीरका विभिन्न भागमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

घाइते भएकाहरूको बेनी अस्पताल म्याग्दीमा प्राथमिक उपचार गरी थप उपचारका लागि तीन जनालाई पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । घाइते शेरपुञ्जाको बेनी अस्पतालमै उपचार भइरहेको छ ।

उकालो बाटोमा बेगखोला गाउँतर्फ जाँदै गरेको जीप सडकबाट तल खसेर दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण भने खुल्न बाँकी रहेकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०७८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah