झापाको दमकमा नव निर्वाचित जनप्रतिनिधिहरुलाइ बिहिबार एनएमबि बैक दमक र सर्वाेदय अग्रेजी माबिले बेग्लाबेग्लै कार्यक्रम गरेर सम्मान गरेकाछन् । एनएमबि बैकले होटल कात्यानि इन र सर्वोदयले आफ्नै बिद्यालयमा सम्मान गरेको हो ।
नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र सम्पूर्ण वडाध्यक्ष तथा वडासदस्यहरुलाइ बैकले शुभकामना तथा बधाइ सहित सम्मान गरेको थियो । बैकका क्षेत्रिय प्रवन्धक उत्सव घिमिरे र झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले जनप्रतिनिधिहरुलाइ सम्मान गरेका थिए ।
सर्वोदयले भने मेयर ओली र वडा नंं ५ का वडाध्यक्ष इन्द्र गुरुग सहित वडासदस्यहरुलाइ सम्मान गरेको हो । सर्वोदयका प्रीन्सिपल नबिन योगिले नगरपालिकाले शैक्षिक समस्या सामधान गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने आस गरिएको बताए ।



