बिष्णुप्रसाद पोखरेल
दमक / भारतको दार्जीलिङ‘ अर्थात ‘पहाडकी रानी’माथि भारतको पश्चिम बंगालकी मुख्य मन्त्री ममत ब्यानर्जीको गिद्धे दृष्टिका कारण अहिले त्यहाँ नेपाली भाषिहरु आन्दोलनमा उत्रेकाछन् । रणभूमिको रुपमा पहाडकी रानी चिनिएको अवस्था रहेको छ ।
सडकभरी पर्यटक रहने यहाँ अहिले सुरक्षाकर्मीहरु तैनाथ रहेकाछन् । खाद्यन्न संकट उत्पन्न हुन शुरु गरेको छ । ब्यानर्जीले यहाँ खाद्यन्न ल्याउनमा रोक लगाइएकीछन् र यहाँका नेपाली भाषिहरुलाइ आन्दोलन रोक्नका लागि दबाब दिन खोजिरहेकीछन् ।
गोर्खाल्याण्डको माग राखेर आन्दोलन गरिरहेका भारतीय गोर्खाहरु भोकै मर्ने तर ब्यानर्जीको गिद्धे दृष्टिबाट मुक्ति पाउने अभियानमा रहेकाछन् । यसैले उनिहरु सडकमा लगातर रहेकाछन् ।
७ जना नेपाली भाषिहरुको त ज्यान नै गइसकेको छ ।.भारतीय सुरक्षाकर्मीले निर्मम रुपमा हत्या गरेकाहुन् । अहिले यो पहाडकी रानीमाथि बज्रपात परिरहेको छ । ब्यानर्जीको गिद्धे दृष्टिको बदला लिने गरि आन्दोलनका कार्यक्रमहरु यहाँ बनिरहेको बताईएको छ ।
समस्या सामधान गर्ने भन्दा पेल्ने अभियानमा यहाँको राज्य सरकार रहेको छ । थप सुरक्षा बल तैनाथ गरेको छ । अझ ४ फोर्स यहाँ सुरक्षाकर्मी पठाएर सडक खोल्ने निर्देशन अदालतले दिएपछि यहाँ तनाव झनै बढ्ने देखिएको छ ।
यहाँका पसल देखि शैक्षिक संस्थाहरु बन्द रहेकाछन् । जसका कारण जनजिबन सामान्य बनेको छैन । तर आन्दोलनकारीहरु अझ आन्दोलनलाइ शशक्त बनाइरहेकाछन् । अझ जन प्रर्दशन बढिरहेको छ ।
यसको असर नेपाली भाषिहरु रहेको सिक्किमा पनि पर्न थालेको छ । त्यहाँ खाद्यन्नहरु लैजानका लागि रोक लगाउन थालिएको छ । यसले के पुष्टि गर्छ भने भारतमा नेपाली भाषिहरुलाइ हेर्ने त्यहाँको शाषकहरुको दृष्टि समान रहेको छैन ।
दमन गर्ने काम भइरहेको छ । नेपाली भाषिहरुमाथि अत्यचार भइरहेको छ । सुरक्षाकर्मी परिचालन गरेर दुख दिने काम भइरहेको छ । तर समस्या सामधान गर्ने र माग सुनुवाइ गर्ने कामको प्रयास भएको छै्रन ।
अनिवार्य रुपमा बंगाल भाषा सबैले पढ्नै पर्ने ब्यवस्था गरेपछि पछिल्लो आन्दोलन चर्केको हो । भाषा आन्दोलनबाट शुरु भएको जनताको आक्रोश पुरानो मुद्धा गोर्खाल्याण्ड नआएसम्म अब नरोकिने यसका अगुवाइ गरिरहेका नेताहरुले बताइरहेकाछन् ।



