मौसमका कारण शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण दुवै प्रभावित भएका छन् । नियमित उडान भर्नुपर्ने विमान होल्ड गरिएका छन् भने केहीलाई छिमेकी मुलुक भारततर्फ डाइभर्ट गरिएको छ ।

शनिबार बिहानैबाट भिजिविलिटी कम भएका कारण उडान र अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार, नियमित उडान भर्नुपर्ने सातवटा जहाज होल्ड गरेर राखिएको छ । काठमाडौंतर्फ आइरहेको फ्लाइ दुवैको जहाज अवतरण गराउने अवस्था नभएपछि भारतको लखनउ डाइभर्ट गरिएको उनले जानकारी दिए ।
विमान निर्धारित तालिकामा नउडेपछि यात्रुहरू अन्योलमा परेका छन् ।
सामान्यतया आन्तरिक उडानका निम्ति ८०० मिटर भिजिबिलिटी हुनुपर्छ । आगमनका लागि भने १६ सय मिटर भिजिविलिटी आवश्यक हुन्छ । तर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी ६ सय मिटर मात्रै रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

मौसमविद्का अनुसार, बंगालको खाडीमा आएको चक्रबातको असरले नेपालको मौसमी प्रणाली प्रभावित भएको छ । शनिबार बिहान घाम लागेकाले यसमा केही बद्लाव आउने उनीहरूको प्रक्षेपण छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah