बिष्णुप्रसाद पोखरेल
दमक/रातको समयमा बजार क्षेत्रमा चोरीका घटना हुन थालेपछि र लागुऔषध प्रयोगकर्ताले वाक्क लगाएपछि दमक ६ स्थित बजारका ब्यापारीहरु दमक उद्योग बाणिज्य संघमा हारगुहार माग्दै पुगे ।

बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा र द्धितिय उपाध्यक्ष युवराज घिमिरे सहित ब्यापारीहरुबीच के गर्ने ? भन्ने बिषयमा छलफल चल्यो । अन्तिममा निष्कर्ष निस्कियो मासिक रु १ सय रुपियामा नै सुरक्षागार्डको ब्यवस्था मिलाउने र यसको ब्यवस्थापन बाणिज्य सघले गर्ने ।

एउटा पसलले मासिक रु १ सय रुपिया उठाएमा बजारमा रहेका करिब ३ सय पसलबाट मासिक ३० हजार रुपिया उठ्ने छ । यसमा बाणिज्य संघले पनि केहि रकम झिक्दा कम्तिमा पनि ३ जना सुरक्षागार्डहरु राख्न सकिने भएकाले यसै अनुसार अघि बढ्ने सहमति भएको बाणिज्य संघका अध्यक्ष ढकालले बताए ।

यसले ब्यवसायिहरुलाइ पनि मार नपर्ने उनको भनाइ रहेको छ । स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकार दमक नगरपालिकासंग पनि समन्वय गरेर रातको समयमा सुरक्षागार्ड राख्ने उनले बताए ।

ब्यवसायिहरुले अरु कुनै ब्ययभार बेहोर्नु नपर्ने र सबै बन्दोबस्ति बाणिज्य संघले मिलाउने पनि ढकालको भनाइ रहेको छ । चोरीका घटना र लागुऔषध प्रयोगकर्ताहरुको समस्याले बजारका ब्यवसायिहरु हैरान रहेका थिए ।

बिहान पसल खोल्न आउदा कण्डम देखि लिएर सूइसम्म र बिभिन्न लागुऔषधका खोलहरुसम्म सटर अगाडि रहने गरेको एक ब्यवसायिले दुखेसो गरे । आफू महिनाको ५ सय नै तिर्न पनि तयार रहेको बताउदै बाणिज्य संघले रु १ सयमात्र लिने बताउदा आफू खुसि भएको ति ब्यापारीको भनाइ छ ।

अध्यक्ष ढकालले यहाँबाट नभएर दमकका अधिकाँश ब्यापारीक स्थानहरुमा यस प्रकारको अभियान शुरु गर्न सकिने बताए । यसका लागि बाणिज्य संघ सधै तयार रहेको उनले बताएकाछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah