एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको धङधङी छाडेर अव काममा प्रतिस्पर्धा गर्न स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । बनेपा र पनौती नगरपालिकाको प्रथम नगरसभाको उदघाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले जनताबाट निर्वाचित प्रतिनिधिले अव सवैलाई समान ब्यवहार गर्दै बिकाश र संमृद्धि दिनेतर्फ केन्द्रित हुन निर्देशन दिनुभएको हो ।

‘चुनावको धङधङी सकियो, अव त्यो तिक्तता वा धङधङी छाडेर काममा प्रतिस्पर्धा गर्नाेस, काभ्रेका सवै नगरपालिकाबीच बिकाश र काममा प्रतिस्पर्धा होस, जनताले एमालेले जितेपछि के हुँदोरहेछ भन्ने फल पाउनु पर्छ,’ बनेपा, धुलिखेल र पनौती नगरपालिकाका प्रमुख तथा उपप्रमुखको नामै लिएर ओलीले भन्नुभयो ।

उहाँले आफ्नो नगरको समग्र बिकाशको गुरुयोजना बनाएर काम थाल्न र पाँच बर्षभित्र जनताले अनुभुति गर्ने गरी काम गर्न निर्देशन दिनुभयो । ‘गुरुयोजना बनाएर काम थाल्नोस, आफ्ना नगर र गाउँपालिकालाई संमृद्ध बनाएर सवैभन्दा उत्कृष्ट जनप्रतिनिधि बन्नोस, आफ्नो आवश्यकताअनुसार स्वागत गर्नाेस, अरुको आवश्यकताअनुसार काम नगर्नाेस,’ ओलीको भनाई थियो ।

नेपालमा आफ्नो आवश्यकताअनुसार काम नगरेकै कारण मुलुक पछाडि परेको तथ्य राख्दै ओलीले आफ्नो आवश्यकता पहिचान गरेर मात्रै काम गर्न पनि सुझाव दिनुभयो ।

सवै स्थानीय तहले दिगो बिकाश लक्ष निर्धारण गरेर काम गर्नुपर्ने उहाँको भनाई थियो । ओलीले उत्पादनमुलक रोजगारीको काम गर्न र गोष्ठी सेमिनार गरेर अल्झिने काम नगर्न सुझाव दिनुभयो । उहाँले धुलिखेल, बनेपा र पनौती नगरपालिकाका प्रमुखलाई मिलेर बिकाशको काम अघि बढाउन पनि सुझाव दिनुभयो ।

आफ्नो सम्बोधनको क्रममा ओलीले काभ्रेमा मिलेर रंगशाला, कभर्ड हलदेखि आवश्यक सवै पुर्वाधार निर्माण गरी खेलकुदलाई जिवनको अभिन्न अंग बनाउने गरी काम थाल्न पनि ओलीले सुझाव दिनुभयो ।

नेपाल जस्तो देश, जहाँ सगरमाथा चढन पर्यो भने नेपाली नभई कोही पनि चढन सक्दैन तर

युवालाई बिकल्प दिन नसकेकै कारण नेपाली खेलकुद पछाडि परेको ओलीले बताउनु भयो । ‘नेपालीबिना कोही पनि सगरमाथा चढन सक्दैन, २१ पटक सगरमाथा दुनियामा कसैले चढन सक्दैन, ८ घण्टामा सगरमाथा कोही चढन सक्दैन, बिना अक्सिजन सगरमाथा कोही चढन सक्दैन, नेपालीले मात्रै सक्छ, त्यो नेपालीले कुनैपनि खेलकुदमा हार्दैन, तर हामीले युवा र खेलाडीलाई बिकल्प र हिम्मत दिन सकिरहेका छैनौं, तपाइहरुले त्यो काम गर्नाेस,’ ओलीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah