काठमाडौं, २१ मंसिर । कांग्रेस नेता गगन थापाले अब पनि नसुध्रिए कांग्रेस सकिने बताएका छन् । आज (मंगलबार) काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन् ।

उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरूको भविष्य पनि समाप्त हुने बताए । थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ भन्ने डर लागे जस्तै रुख चिह्नमा मत नहालेको मानिसलाई समेत कांग्रेस सकिन्छ भन्ने आवश्यकताबोध गराउन सके मात्रै विजयी बन्ने बताए ।

कांग्रेस चुनाव जित्छौं भनिरहँदा आमजनताले कांग्रेसले किन जित्नु पर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको थापाले बताए । उनले भने, ‘कसले बिगार्‍यो कांग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ कांग्रेस भन्ने मात्रै पनि होइन, किन सुधार्ने कांग्रेस ? कांग्रेस सुध्रेन भने के हुन्छ ? सुध्रेन भने कांग्रेस सकिन्छ । कांग्रेस सकियो भने के हुन्छ ? हाम्रो अस्तित्व रहँदैन ।’

नेता थापाले भने, ‘कांग्रेसको अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको हामी नौ लाख मान्छेलाई कांग्रेस सुध्रियोस् भन्ने कुरा लाग्यो वा कांग्रेस सकिन्छ भन्ने कुराको डर लागे जस्तै नेपाली कांग्रेसलाई कहिल्यै मत नहालेको मान्छेलाई पनि कांग्रेस सुध्रिनुपर्छ भन्ने लाग्ने कुराको आवश्यकताबोध गराउन सक्यौँ भने हामी त्यसै विजयी भयौं । नभए भएनौं । हामी चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले कांग्रेस किन सुध्रिनु पर्छ भन्ने कुरा थाहा पाउनु ठूलो कुरा हो ।’

थापाले महाधिवेशनपछि कांग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई कांग्रेससँग जोड्नुपर्ने बताएका छन् । पार्टीमा म्यासेज र म्यासेन्जर दुवै आवश्यक रहेको बताउँदै थापाले पार्टीमा नेता, कार्यकर्तालाई मात्र नभई अन्य नागरिकहरूलाई जोडिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah