बिष्णुप्रसाद पोखरेल
दमक/झापामा जिल्ला अध्यक्ष र सचिब सहित स्थानीय तहमा हारेपछि एमालेभित्रै ठूलै खैलाबैला मच्चिएको छ । सहज जित हासिल गरेका क्षेत्र नै हार बेहोरेको एमालेले जिल्लामा धेरै स्थानीय तह जितेपनि खुसियाली मनाउन सकेको छैन ।
यसैसन्दर्भमा रहेर बिशेष गरी गौरादह, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाँउपालिकामा अनपेक्षित परिणाम आएपछि अन्र्तघात भएको भन्दै तातो बहस शुरु भएको छ । कमल गाँउपालिकामा पनि अन्र्तघात भएकाले नै गोला तान्ने अवस्था आएको एमाले बृतमा बिश्लेषण रहेको छ ।
एमालेको सोमबार बसेको जिल्ला कमिटीको बैठकले अन्र्तघाती पत्ता लगाएर कार्वाही सिफारीस गर्नका लागि छानबिन आयोग नै बनाएको छ । छानबिन आयोगको संयोजकत्वमा एमाले जिल्ला सदस्य राधाकृष्ण खनाल संयोजक रहेकाछन् । यो आयोगले कार्वाहीका लागि नाम सहित सिफारीस गर्न सक्नेछ ।
को को हुन् त अन्तरघाती
कसकस्ले अन्र्तरघात गरे भन्ने निक्र्योल निकाल्न मुश्किल रहेको एक जिल्ला सदस्यले बताएकाछन् । बिशेष गरि उम्मेदवारसंग आयोगले परामर्श गर्ने भएकाले उम्मेदवारसंग खटपट भएकाहरु कार्वाहीको पहिलो लिस्टमा पर्न सक्ने सम्भावाना प्रवल रहेको छ ।
त्यसका साथै खुलमखुल्ला रुपमा हराउनु पर्छ भन्दै हिड्ने र अरुसंग गठबन्धन गरेका सूचनाका आधारमा पनि कार्वाहीमा पर्नेहरु केहि रहेको श्रोतको भनाइ रहेको छ । प्रमुख आधार भनेको पराजित उम्मेदवारहरुको नामवली नै हुने भएकाले यसले पार्टीभित्र बिबाद पनि निम्त्याउन सक्ने खतरा रहेको एक एमालेका जिल्ला नेताले बताए ।
कार्वाही भन्दा सुधारको मौका दिन पनि दबाब
लगत्तै प्रदेशको चुनाव आउने भएकाले कार्वाही भन्दा पनि अब बिग्रेको ठाँउमा सुधार गरेर जानु पर्ने पनि कतिपय जिल्ला नेताहरुले बताएकाछन् । उम्मेदवार छनौटमा भएका कमजोरी लुकाएर कार्वाही गर्न तर्फमात्र लाग्दा यसले प्रदेश चुनावमा यसर गर्न सक्ने एकाथरीको बिश्लेषण रहेको छ ।
अध्यक्ष र सचिब नै किन हारे ?
एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिब मदन अधिकारी हार्नुको पछाडि उनिहरुको भूमिकाको बिषय पनि भएको बताइने गरेको छ । टिकट बाँड्न तथा निर्णायक ठाँउमा रहेकाहरुले सबैको चित्त बुझाउ मुश्किल हुन्छ । सबैलाइ ठाँउ दिनका लागि सकेका हुदैन । सबैका भावाना समेटन सकेका हुदैनन् । यसको रीस चुनावमा पोखिएको हुनसक्ने पनि बिश्लेषण हुदै आएको छ ।
ओलीले किन मागे अन्तरघात गर्नेको नाम ?
पाटी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओली नै पनि झापाको परिणामको बिषयमा असन्तुष्ट रहेकाछन् । उनले झापा आएर नै अन्तरघात भएको बुझिएको भन्दै त्यस्ता ब्याक्तिहरुलाइ कार्वाही गर्न भनेका थिए ।
यसले गर्दा पनि अन्तरघाती खोज्नका लागि झापा एमालेलाइ बाध्यता भएको छ । उनले अन्तरघात गर्नेको नाम तयार बनाएर पठाउन निर्देशन नै दिएका थिए । यसले झापाको प्रकरणमा एमालेको नेतृत्व पनि गम्भिर देखिएको छ ।



