काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निदेृशनपछि राजधानीका सडकका खाल्डा पुनेृ काम सुरु भएको छ । प्रधानमन्त्रीले संघीय मामिला तथा स्थानीय विकास, भौतिक योजना तथा पूर्वाधार र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिवलाई हिजो मात्र राजधानीका खाल्डा पुर्न निर्देशन दिएका थिए ।

खानेपानी मन्त्रालयका सचिव भीम उपाध्यायले प्रधानमन्त्रीको निर्देशनपछि मेलम्ची खानेपानी आयोजना, सडक विभाग, काठमाडौं र ललितपुर महानगरले क्षेत्र छुट्याएर काम थालेको बताएका छन् ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक पिरेशप्रसाद खत्रीले अहिले रात दिन नभनीकन खाल्डा पुर्ने काम भइरहेको बताए ।

उनले मेलम्ची आयोजनाले चाबहिल, चुच्चेपाटी, धोबीखोला, गौशाला, रातोपुल, भोटाहिटी, लैनचौर र नारायणगोपाल चोकदेखि बाँसबारीसम्मका खाल्डा पुर्ने जिम्मा पाएको छ भने चाबहिल–गौशाला, थापाथली–माइतीघर, चक्रपथ र कलंकी–नागढुंगा सडकका खाल्डाखुल्डी पुर्ने जिम्मा सडक विभागलाई दिइएको बताएका छन् ।

त्यसैगरी, काठमाडौं महानगरपालिकाले ८ मिटरभन्दा कम चौडा भित्रि सडकमा रहेका खाल्डा पुर्ने जिम्मा पाएको छ।

सोमबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार १३ वर्षिया सत्या सापकोटा खसेको नालीको स्थलगत निरीक्षण गरेर त्यसलाई तत्काल पुर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah