आजदेखि सुरू भएको प्रतिनिधि सभाको १० अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायम राखेको छ।
मंगलबार दिउँसो बैठक सुरू भएलगत्तै एमालेका सासंदहरूले नाराबाजी सुरू गरेका छन्।
यसअघि एमालेले पटक-पटक अवरोध गर्दा संसद चल्न सकेको थिएन।
पछिल्लोपटक प्रतिनिधि सभाको बैठक कात्तिक ११ गते बसेको थियो।
एमाले अवरोधकै बीच सभामुख अग्नि सापकोटाले संसदको कारबाही अघि बढाएका छन्।
कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ संसदमा प्रस्तुत गरेका छन्। उनले रेल वे सञ्चालन अध्यादेश पनि संसदमा पेश गरेका छन्।



