सुत्केरी बेथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेर झण्डै मृत्युको मुखमा पुगेकी रोल्पा थवाङ गाउँपालिका–३ झकेवाङकी एक महिलाको सैनिक हेलिकोप्टरबाट उद्धार गरिएको छ । विकलाई सोमबार नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरी काठमाण्डु ल्याएको हो ।
गृहमन्त्री जनार्दन शर्माको पहलमा महिलाको ज्यान जोगिएको हो । सुत्केरी बेथाले च्यापेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि स्थानीयले नेता पुनलाई खबर गरेका थिए ।
पुनको आग्रहमा मन्त्री शर्माले हेलिकोप्टर पठाएका हुन् । वर्षातका कारण कच्ची सडक अवरुद्ध भएका कारण थवाङ यातायातबाट सम्पर्क विच्छेद भएको छ ।
नेकपा माओवादी केन्द्रका नेता दीपेन्द्र पुनमगर ‘सिजलले’ गृहमन्त्री शर्मासँग हेलिकोप्टर पठाइदिन आग्रह गरेका थिए । यसैबीच विकले राजधानीको थापाथली प्रसुति गृहमा छोरा जन्माएकी छन् । आमा र बच्चा दुवैको अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।



