काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरताका संवाहकको संज्ञा दिएका छन् ।

सोमबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यमा मनोनित ४४ जनालाई बुधबार शपथ ग्रहण गराउने क्रममा उनले यस्तो बताएका हुन् । ‘देशमा अस्थिरताका दुई संवाहक प्रचण्ड एन्ड कम्पनी र माकुने एन्ड कम्पनी हुन् । यी दुई अस्थिरताका शक्ति हुन् । अस्थिरताका शक्तिसँग एकता गर्न सकिँदैन’, उनले भने, ‘यिनीहरुको ’कनेक्सन’ कहाँ छ हामीलाई थाहा छ । उनीहरुको स्विच कहाँ छ ? हामीलाई थाहा छ ।’

उनले महान् जनयुद्ध भनेर दरबारसँगको सेटिङमा हजारौं नेपालीको ज्यान लिइएको पनि आरोप लगाएका छन् । ‘महान् जनयुद्ध भनेर युवा र जनतालाई उरालियो। युवाहरु ज्यान दिन तयार भए । युद्धमा होमिए । परिवर्तन भयो भनियो । तर हतियार कहाँबाट आए फर्केर हेर्न दिइएन’, उनले भने, ‘एउटा ’सेन्टिमेन्ट’ ल्याइयो । माओवादीलाई कसलाई हतियार दियो ? कसैले याद गरेनन् ।’

उनले नेपालमा जनयुद्ध नै अस्थिरताका लागि गरिएको पनि बताए । ‘जनयुद्ध अस्थिरता बढाउन ल्याइएको हो । अस्तव्यस्त बनाइदिएर दुनो सोझ्याउन खोजियो । बाहिरका अरु देशमा तालिम दिइन्थ्यो बकाइदा’, उनले थपे, ’महान् क्रान्तिको एउटा सेन्टिमेन्ट बेचेर जनता मारियो । तर यो जनयुद्धको सेटिङ दरबारसँग थियो ।’

उनले २०६० मा प्रचण्ड र तत्कालीन राजा ज्ञानेन्द्रबीच ५ बुँदे सहमति नै भएको दाबी गरे । ‘प्रचण्ड र ज्ञानेन्द्रबीच सहमति भएको थियो । २०६० मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डबीच भएको ५ बुँदे सहमति खोजौं न । अरुलाई थाहा नभए उनीहरु जान्दछन्’, उनले भने, ‘के सहमति भएको थियो ? त्यसबेला कसकाविरुद्ध के सहमति भएको थियो ? भन्नुपर्‍यो ।’

ओलीले त्यही सहमतिपछि ज्ञानेन्द्र जनयुद्धका उद्गम थलो रोल्पा-रुकुमसहितका पुगेर अभियान चलाएको पनि बताए । त्यही सहमतिका आडमा ज्ञानेन्द्रले अभिनन्दनको उधुम मच्चाएको पनि उनले बताए । त्यही सहमतिपछि राजाले रुकुम र रोल्पासम्म पुगेर अभियान चलाए । जहाँ अरु दलका नेता जान पनि सक्दै नथिए’, उनले भने, ‘यता काठमाडौंमा पनि राजाले थापाथलीदेखि मंगलबजारसम्म हिँडेर उधुम मच्चाए । यसले जनयुद्ध नै विदेशी र दरबारको सेटिङमा चलेको भन्न समस्या पर्दैन ।’ नया पेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah