चर्चित लोक गायक बद्री पंगेनी जुवाको खालबाट पक्राउ परेका छन् । प्रहरीले मंगलबार राति करिब ८ बजेतिर पंगेनीसहित ११ जनालाई काठमाडौंको बाँसबारीमा लक्ष्मी गुरुङले सञ्चालन गरेको जुवाखालबाट नियन्त्रणमा लिएको हो ।

लामो समयदेखि मिनी क्यासिनोका रुपमा गुरुङले खेलाउँदै आएको जुवा खालमा गायक पंगेनीसहित ११ जनालाई २ लाख नगद रुपैयाँसहित महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

“जुवा खेलाउँदै गरेको गुनासो आएपछि हामीले छापा उनीहरुलाई फेला पारेर समातेका हौं,” वृत्तका प्रमुख डीएसपी गोविन्द पन्थीले बताए । पक्राउ परेका ११ जनालाई थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाएको डीएसपी पन्थीले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah