बिष्णुप्रसाद पोखरेल
दमक/झापाको गौरादह नगरपालिकाले बर्षाद्ले कामै नलाग्ने गरी सडक खाल्डाखुल्डि बनाएर दूर्घटना निम्त्याउने खतरा बढाएको भन्दै सबै वाडहरुलाइ ५ लाख रुपियाका दरले तत्काल सडक मर्मतका लागि बजेट दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको बताईएको छ ।

बर्षाले बिग्रेका सडकहरुको मर्मत सम्भार तत्काल धाल्नका लागि वडाध्यक्षहरुलाइ निर्देशन दिदै सबै वडालाइ ५ लाख रुपिया निकासा दिने निर्णय गरिएको नगर प्रमुख रोहित शाहले बताए । सडक बिग्रदा सबै नगरबासीको दैनिकी नै कष्ठप्रद हुने भएकाले यस्तो निर्णय लिइएको उनको भनाइ छ ।

यसभन्दा अगाडि सडकमा खाल्डाखुल्डि हुँदा जिल्ला बिकास समितिमा स्थानीयहरु धाएको धाइ गर्नु पर्नेमा अहिले तत्काल नगरपालिकाले बजेट बिनियोजन गरेर काम नै शुरु गर्न आदेश दिएको वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए ।

उनका अनुसार ग्रामिण क्षेत्रका अधिकाँश ग्राभेल तथा कच्चि सडकहरुमा खाल्डाखुल्डि परेर समस्या उब्जदै आएको थियो ।
यसैगरि बैठकले साविक बैगुन्धुरामा बैशाखमा आएको हावाहुरी घर भत्काएर बिचल्लि भएका २९ घर परिवारलाइ तत्काल १० हजारको दरले राहत प्रदान गर्ने निर्णय पनि गरिएको बताइएको छ ।

२९ घर परिवारहरुको घरमा छाना नुहुदा खुला आकाशमुनि नै बस्न बाध्य भएका थिए । गौरादह नगरपालिकाले आउदो महिनादेखि जेष्ठ नागरिकहरुले पाउदै आएको सामाजिक सुरक्षा भत्ता वाडाध्यक्ष मार्फत सहज रुपमा जेष्ठ नागरिकसम्म पुर्याउने निर्णय पनि गरेको बताईएको छ ।

यसैगरि झापाको कमल गाँउपालिकाले दूइसाता अधि कमल गाँउपालिका १ मा असिनापानीले क्षति पुर्याएको १६ घर परिवारलाइ ३२ बण्डेल टीन उपलब्ध गराउने निर्णय गरेको कमल गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन ।

हावाहुरी सहित आएको असिना पानीले १६ घरपरिवारको टीन उडाएर कामै नलाग्ने अवस्था बनाएकाले तत्काल टीन उपलब्ध गराउने निर्णय भएको काफ्लेले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah