यस्तो गायक पंगेनीको प्रेस विज्ञप्ति,
आदरणीय सञ्चारकर्मी मित्रहरु,
विभिन्न सञ्चारमाध्यममा म बद्री पंगेनी मंगलबार राति जुवा खालबाट पक्राउ परेको भनी प्रशारित समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ ।
मंगलबार राति म कुनै पनि प्रहरी कार्यालयको हिरासतमा नरही आफ्नै घरमा रहेको जानकारी गराउन चाहन्छु । बरु, मंगलबार साँझ ६ बजेको आसपासमा केही परिचित मित्रहरुलाई प्रहरीले घेरा हालेको सुनेर म के रहेछ भनी बुझ्ने क्रममा महाराजगञ्ज प्रहरी कार्यालयसम्म गएको हुँ । उहाँहरु तास खलिरहेको अवस्थामा समातिनुभएको जानकारी पाएँ । त्यहाँका डिएसपीले कानुन बमोजिम कारवाही हुन्छ भनेपछि म आफ्नो बाटो लागेको हुँ । तर, जसरी आफैँ पक्राउ परेको भनी मेरो मान मर्दन हुने गरी समाचार आएका छन्, यसप्रति म घोर आपत्ति प्रकट गर्दछु । साथै, म बारे कुनै भ्रम नराख्नुहुन समस्त शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछु ।
बद्री पंगेनी
कलाकार
मिति– २०७४।४।४



