सर्वाेच्च अदालतलको अनिर्णयका कारण भरतपुर महानगरपालिकाको वडा नम्बर १९ सेलाएको छ । अनिर्णयको बन्दी बनेको छ यो वडा ।

न राजनीतिक दलमा उत्साह छ, न कार्यकर्तामा । नत मतदातामा नै उत्साह छ । भरतपुर १९ को मतको विषयमा अब जनताले भुल्ने अवस्थामा पुगिसकेका छन् । सो विषयमा कुरा गर्नै वाक्क लाग्न थालिसकेको मतदाताहरु बताउँछन् ।
मतदाताहरुमा उत्साह छैन । खेती किसानीमै व्यस्त छन् भने उम्मेदवारहरुको पनि खासै चहलपहल छैन । फाट्टफुट्ट केही नेताहरु देखिन्छन् ।

बरु अहिले प्रदेश निर्वाचनका लागि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलनमा सक्रिय हुन थालेका छन् । दलका नेता कार्यकर्ताहरु गाडी रिजर्व गर्दै आफ्नो मत संरक्षण गर्न मतदाताहरुलाई भरतपुर ल्याउने नामावली लेखाउँदै फर्कनमै व्यस्त भएका छन् ।

स्थानीय मतदाता राजुभक्त दुलाल भन्छन्, “हिजो म्याजिकमा माओवादीले जनता लगेर नाम लेखाएर आयो रे, आज फेरि एमालेले लैजाँदै छ रे । एउटा चुनावको निर्णय नआउँदै अर्काे मतदाताको फर्म भर्नतिर पो दौडिएका छन् त ।”
अर्का मतदाता उदयराज पराजुली पनि सबै सेलाएको बताउँछन् । “‘सर्या सरै, सर्या सरै के हुनु र चुनावको माहोल ? कछुवाको चालमा केही नेता कार्यकर्ताहरु घुमिराखेका छन्, सुनसान नै छ अहिले त,” पराजुलीले भने ।

केही मतदाता खेत रोप्ने काममा व्यस्त छन् । कतिले राम्ररी पानी नपरेकाले अझै खेत रोप्न पाएका छैनन् । फाट्टफुट्ट रोपाइँ भैरहेको पराजुली बताउँछन् । “छिटो भैदिए हुन्थ्यो भन्छन् सबै । खै सर्वाेच्चको कुरा के जानम् र,” उनले दुखेसो गर्दै भने । सर्वाेच्चको ढिलासुस्तीमा कोही सन्तुष्ट छैनन् । मुद्दा हाल्नेहरु नै असन्तुष्ट छन् ।

सर्वाेच्चमा रिट हाल्ने एमालेका वडा सदस्य उम्मेदवार गुञ्जमान बिक पनि निरास छन् । सुस्त हुँदा पीडित बनाएको उनको भनाइ छ । विद्युतका सामग्रीको व्यवसाय गर्ने विकलाई त्यहाँ काम नगरे बिहान–बेलुकी भात खान नपाइएला भन्ने डर हुन्छ ।

अहिले अर्थिक वर्ष सकिएकाले पनि पैसा उठाउन भ्याई–नभ्याई भएकाले सर्वाेच्चतिर ध्यान जान नसकेको उनी बताउँछन् ।
“चुनावमा दलितलाई ल्याउने भनेर उठाए । ४०– ५० हजार केही नभएपनि सकिहाल्यो, हामी गरिबलाई त गाह्रो छ,” उनले दुखेसो गर्दै भने । अदालतले निर्णय ढिलो गर्दा आफूलाई पनि निराशा लागेको बताउँछन् विक ।

कांग्रेसबाट वडा सदस्यकी उमेदवार साधना पराजुली पनि निरास नै छिन् । दिन तोक्ने मात्रै काम भइरहेकोमा उनी खिन्न छिन् । “अब त मतदाताको अगाडि घुम्न पनि के भनेर घुम्ने, लाजै भइसक्यो । तैपनि अलिअलि भेटघाट भइराखेको छ,” उनले भनिन् ।

गएको जेठ १४ गते पौने १२ बजे राति भरतपुर १९ को मतगणनाकै क्रममा मतपत्र च्यातिएको थियो । पछि अनुगमन गर्दा ९० मतपत्र च्यातिएको पाइएको थियो । गणनाको अन्तिम अवस्थामा पुगेका बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले भरतपुर वडा नम्बर १९ मा पुनः मतदानको निर्णय गरेको थियो ।

आयोगको निर्णयविरुद्ध एमालेले पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा हालेको छ । उमेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले मुद्दा दर्ता गरेपछि सर्वाेच्च अदालतले मतदान अघि नबढाउन आदेश दिएको उक्त मुद्दा विचाराधिन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah