एनआई सी एशिया बैंक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बुधबार बैकको क्षेत्रिय कार्यालय मेची सगरमाथा दमकले पत्रकार सम्मेलन गरेर बैकको प्रगतीको बिषयमा जानकारी दिएको छ ।

क्षेत्रिय प्रबन्धक सुजन राइका अनुसार विराटनगर महानगरपालिकामा १९ वर्षअघि रजिष्टर्ड कार्यालयको स्थापना गरी मिति २०५५मा क्षेत्रिय बैंकको रुपमा नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बैक लिको नाममा यस बैंकले आफ्नो सेवा प्रारम्भ गरेको थियो ।

यो पूर्वमा सबैभन्दा सफल बैक भएको सो अवसरमा दाबी गरिएको थियो । झापाको दमक र बिर्तामोड शाखा सबैभन्दा शक्तिशाली शाखाको रुपमा अन्य बैकहरुसंग प्रतिस्पर्धा गरिरहेको पनि जनाईएको थियो । राइले अहिले ब्याक्तिगत र ब्यवसायिक लगानी सबैभन्दा बढि रहेको जानकारी दिए ।

यस क्षेत्रिय कार्यालय मातहतमा एकदर्जनभन्दा बढि शाखा रहेका र चाडै नै २५ वटा शाखा पुर्याउने उदेश्य रहेको पनि पत्रकार सम्मेलनमा राइले जानकारी दिएकाछन् । ग्रामिण क्षेत्रमा पनि शाखाहरु बिस्तारको योजना रहेको उनले बताए ।

२०६४ असोज २ मा स्थापित तत्कालीन बैक अफ एशिया नेपाल लिमिटेडलाई मिति २०७० असारमा एन आई सी एशिया बैक लिमिटेडको रुपमा नेपालको बैकिङ्ग क्षेत्रमा एक स्थापित एवं सक्षम बैंकको रुपमा यस बैंकले आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
‘बैंक पनि साथि पनि’ भन्ने मुल नाराका साथ अघि बढेको यस बैंकको हालसम्म ११९ वटा शाखा कार्यालयहरु, ४ विस्तारित काउण्टरहरु, ७० एटीएम तथा ४,००० रेमिट्यान्स काउण्टरहरु लगायतको सञ्जाल मार्फत आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

सर्वसाधारणको वित्तीय पहुँचलाई थप सशक्तिकरण गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम प्रत्येक भौगोलिक क्षेत्रमा बैंकिङ्ग पहुँच अभिवृद्घि गर्ने अभिप्रायले बैंकले चालु आर्थिक वर्षभित्र शाखा संख्या २०० भन्दा बढी, ए टी एम संख्या ४०० भन्दा बढी, शाखा रहित बंैकिङ्ग सेवा२०० भन्दा बढी, पीओएस संख्या २,००० भन्दा बढी तथा रेमिट्यान्स पेआउट एजेन्ट संख्या १०,००० भन्दा बढी कायम गर्ने बैंकले जनाएको छ ।

इन्टरनेटको माध्यमबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतीको प्रक्रियाबारे जानकारी लिन सकिने सुविधा नेपालमा नै पहिलो पटक यस बैंकले उपलब्ध गराइसकेको छ ।

विद्युतीय बैंकिङलाई अझै शसक्त तथा प्रभावकारी रुपमा अघि बढाउँदै आफ्ना ग्राहकहरुलाई नविनतम् सुविधाहरु प्रदान गर्न बैंक कटिबद्ध रहेको जनाएको छ ।

सेवाको बिसौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निक्षेप तथा कर्जा तर्फ विशेष सेवाहरु चाँडै नै ग्राहकवर्ग समक्ष ल्याउने तयारी समेत भैरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah