झापा–हङकङ मञ्चले झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ बस्ने मृगौलाका विरामी मदन बरालको उपचारका लागि रु डेढ लाख बढी रुपैया सहयोग दिएको छ ।
बुधबार विरामीको घरमै पुगेर मञ्चका अध्यक्ष छत्र सुब्बासहितका टोलीले बराललाई रु १ लाख ५१ हजार रुपैया हस्तान्तरण गरेका छन् । उनले विरामीको उपचारमा सघाँउ पु¥याँउन हङकङमा रहेका झापालीहरुले सहयोग जुटाएको बताए ।
हङकङमा बस्दै आएका झापालीहरुको उक्त मञ्चले जिल्लाको विभिन्न सामाजिक तथा मानवीय सरोकारका क्षेत्रहरुमा सहयोग उपलब्ध गराउदै आएको छ ।



