झापा । ट्रकको ठक्करबाट झापामा एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१० निवासी ४० वर्षीय यामनाथ राय रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार सोमबार राति ८ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-१ मा मे १ ख १९५२ नम्बरको ट्रकले सडकमा हिँडिरहेका रायलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते रायलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको र उनको उपचारको क्रममा मंगलवार बिहान पौने ४ बजे मृत्यु भएको थियो।
यता इलाका प्रहरी कार्यालय अनारमनिले ट्रक र चालक इलामको सन्दकपुर गाउँपालिका-३ का रोशन लिम्बुलाई नियन्त्रणमा लिएको छ।



