मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिन परोपकार र सदभावनामा बित्नेछ। सेवा-पुण्यको कार्य पनि हुन सक्छ। मानसिकरुपले कार्यभार अधिक रहनेछ। सत्कार्य गर्नाले फलस्वरूप शारीरिक र मानसिक रुपले स्फूर्तिको अनुभव अर्नुहुनेछ। आर्थिक लाभ हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

वाद-विवादमा राम्रो सफलता मिल्नेछ। बोलिले मोहित गर्नुहुनेछ र तपाईको लागि लाभदायी हुनेछ। नयाँ सम्बन्धमा सदभाव बढ्नेछ। विधार्थीको पढ्ने लेख्नमा अभिरुचि बढ्नाले दिन शुभ रहनेछ। परिश्रमको अपेक्षा कम प्राप्ति हुनेछ। स्वास्थ्यको ध्यान राख्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भावना र संवेदनशीलतामा बहर स्त्रीवर्गसँग सम्बन्ध नराख्नुहोला। पानी तथा प्रवाही पदार्थबाट घात हुनेछ। अधिक विचारको कारण मानसिक थकानले निन्द्रा आउनेछ। स्वास्थ्यमा नकारात्मक असर पर सक्छ। कुटुम्बिक सम्पत्तिको चर्चा वा वाद-विवादबाट टाढा रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

दिन प्रफुल्लित रहनेछ। नयाँ कार्यको आरम्भ गर्नुहुनेछ। मित्र र आफन्तसँग भेट हुनाले आनन्द महसुस हुनेछ। कार्यमा सफलता मिल्नाले उत्साह वृद्धि हुनेछ। प्रतिस्पर्धिले विजय प्राप्त गर्नेछन्। सम्बन्धमा भावनात्मकता अधिक रहनेछ। समाजमा मान-सम्मान मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दिन मिश्र फलदायी रहनेछ। परिवारसँग राम्रोसँग समय बिताउनुहुनेछ। आर्थिक क्षेत्रमा आय अपेक्षा खर्च अधिक हुनेछ। बोलिद्वारा सबैको मन जित्नुहुनेछ। कार्यको व्यवस्थित आयोजन गर्नुहुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

बोलीले मिठो सम्बन्ध बाध्नुहुनेछ। जुन भविष्यको लागि लाभदायी सिद्ध हुनेछ। वैचारिकरुपले समृद्धि बढ्नेछ। शरीर, स्वास्थ र मन प्रसन्न रहनेछ। पारिवारिक जीवनमा उल्लासमय वातावरण रहनेछ। शुभ समाचार मिल्नाले तथा बसाईको कारण मन प्रफुल्लित रहनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईको लागि दिन प्रतिकूल रहनेछ। स्वास्थ्य बिग्रिन सक्ला। मानसिकरुपले अस्वस्थताको अनुभव गर्नुहुनेछ। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। क्रोधमा ध्यान राख्नुहोला। आयको अपेक्षा खर्च अधिक हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईको लागि लाभदायी दिन रहेको छ। मित्रसँग भेट हुनेछ। घुमफिर र मनोरंजनमा खर्च हुनेछ। पेसा वा व्यावसायिक क्षेत्रमा आय बढ्नेछ। उच्च अधिकारी प्रसन्न रहनेछन्। दाम्पत्यजीवनमा वातावरण आनन्दमय रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

कार्य सफलताको दिन रहेको छ। नयाँ कार्यको सुरुवात नगर्नुहोला। पेसामा उच्च पदाधिकारी तपाईको पदोन्नतिको लागि विचार गर्नेछन्। गृहजीवनमा आनन्द र सन्तोष रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य शुभ रहनेछ। आर्थिक लाभ, सार्वजनिक जीवनमा मान- सम्मान बढ्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बौद्धिक कार्य एवम् व्यवसायमा नयाँ शैली अपनाउनुहुनेछ। साहित्य तथा लेखनको प्रवृत्तिलाई गति मिल्नेछ। शरीरमा बेचैनी र थकान अनुभव गर्नुहुनेछ। सन्तानको समस्याको चिन्ताको कारण बन्नेछ। लामो यात्रा हुने योग रहेको छ। विरोधि र प्रतिस्पर्धिसँग गहिरो चर्चामा नउत्रिनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

अत्याधिक विचारले मानसिक थकावट अनुभव गरुहुनेछ। मनमा क्रोधको भावना रहनेछ। चोरी, अनैतिक ऐन, निषेधात्मक कार्य तथा नकारात्मक विचारबाट टाढा रहनुहोला। बोलीमा ध्यान राख्नुहोला। परिवारमा कसैको विवाह होला। खर्चमा वृद्धि हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईभित्र रहेको लेखक वा कलाकारिता देखाउनुहुनेछ। व्यवसायमा शुभ समय रहेको छ। आफन्त, मित्रसँग पार्टी वा पिकनिकको आयोजन हुनेछ। नाटक, सिनेमा, मनोरंजनको स्थलमा भेट गरेर निकटता प्राप्त गर्नुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah