पोखराको एक होस्टलमा ६ वर्षीय बालकलाई यातना दिएको आरोपमा एक महिला पक्राउ परेकी छन् । पोखरा– १५ गलेश्वर चोकमा रहेको न्यू लाइफ होष्टलकी वार्डेन जानुका नेपालीले सोही होष्टलमा बस्ने ६ वर्षीय बालकलाई ओछयानमा पिसाब फेरेको निहुँमा यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

डोल्पाका ५ वर्षीय नाबालक रेमन बुढालाई होस्टल वार्डेन नेपालीले लिङ्गमा रबरले बाँधेर यातना दिएको उजुरीपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए ।
हिमालयन गुडलाईफ काठमाडौंद्वारा सञ्चालित होस्टलमा काम गर्ने नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भइ भई हाल पोखरा–१४ मा बस्दै आएकी नेपालीले राती सुत्दा ओछयानमा पिसाब फेर्ने गरेका कारण बालकको लिङ्गलाई रबरले बाँधेर यातना दिएको खुलेको हो ।

कमजोर आर्थिक अवस्था भएकाले आमाले पालनपोषण गर्न नसकेपछि बालक केहि समय अगाडिदेखि होस्टलमा बस्दै आएका थिए । होस्टलमा रेमनसहित ९ जना बालबालिका बस्ने गर्छन् । विद्यालयका शिक्षिका सिर्जना कँडेललाई सोमबार पढाउन कक्षामा गएको बेला एकजना विद्यार्थीले रमनको पिसाब फेर्ने ठाउँ (लिङ्ग) रबरले बाँधिदिएकाले रोएको बताएकी थिइन् । त्यसलगत्तै हेर्दा लिङ्ग रबरले बाँधिएको अवस्थामा बालक भेटिएका थिए । लिङ्ग रबरले बाँधिएपछि पिसाबले च्यापेर रेमन पेट फुलेर पीडाले रोएका थिए । रेमनले पिसाब फेरेको आरोपमा होस्टल वार्डेनले रबरले लिङ्ग बाँधिदिएको बताएका छन् ।

नेपालीलाई बालबालिकासम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिई, घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah