बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा बिद्यूत आपूर्ती सहज हुन अझै केहि समय लाग्ने बताईएको छ । ट्रान्सफर्मर बिग्रिएर समस्या भएको बताउदै ट्रान्सफरमर आउन १० दिनभन्दा बढि लाग्ने बिद्यूत प्राधिकरण श्रोतले बताएको छ ।
दमकमा बिद्यूत आपूर्तिमा समस्या भएपछि र लामो समयसम्म बिद्यूत काटिएपछि दमक नगरपालिकाका प्रमुख सहितको टोलीले कुलमान घिसिङलाइ नै भेटेर समस्या सामधानका लागि आग्रह गरेको थियो ।
घिसिङले करिब डेढसातासम्म लाग्ने बताएको जनाइएको छ । दमकलाइ तत्कालिन उर्जामन्त्री जनार्दन शर्मा र बिद्यूत प्राधिकरणका कार्यकारी प्रमुख घिसिङले लोडसेडिङ मुक्त घोषणा गरेका थिए । उनिहरुलाइ दमकबासीले नागरिक अभिनन्दन समेत गरेका थिए ।
बिद्यूत प्राधिकरण दमकले लोडसेडिङको तालिका सार्वजनिक गर्नका लागि माथिल्लो निकायमा अनुमति मागेपनि त्यो अनुमति नपाएको बिद्यूत प्राधिकरण दमकका एक कर्मचारीले बताएकाछन् ।
लोडसेडिङमुक्त दमक तथा आसपासको क्षेत्र हावा गफमात्र भएको भन्दै त्यहि समयदेखि तिब्र आलोचना पनि भएको थियो । यद्यपि बिद्यूत पहिलाभन्दा धेरै सहज भएको थियो भने लोडसेडिङ धेरै नै घटेको थियो ।
बिद्यूत ट्रान्सफर बिग्रेका कारण कम क्षमता भएको ट्रान्सफरमरले काम चलाउदा बिद्यूत झ्पाप्पझ्याप्प हुने गरेकाले नयाँ ट्रान्सफरमर जडान हुनसाथ यो समस्या सामधान हुने पनि जनाईएको छ ।
लोडसेडिङका कारण किसानहरु पनि धेरै मारमा परेकाछन् । खडेरी लाग्दा मोटर चलाउन नपाएका कारण रोपेको धान र ब्याडमा रहेको बीउ काम नलाग्ने अवस्थामा पुगेको किासनहरु बताउछन् ।



