दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डहरुको ‘फूरफूर’ आउदो चुनावसम्म मात्र भएको जिकीर गरेका छन् । आगामी चुनावमा उनीहरुलाई जनताले ‘जवाफ’ दिने उनको भनाइ छ ।

आइतबार गृहनगर झापाको दमकमा निर्माणाधीन २५ तले भ्यू टावरको अवलोकन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आगामी चुनावबाट प्रचण्ड र माधव नेपालहरुलाई जवाफ दिन पनि आग्रह गरे । एमाले नेतृत्वको सरकार ढाल्नेहरुलाई दशा लागेको उनको टिप्पणी छ । ओलीले आगामी चुनावबाट पुनः एमाले बहुमतसाथ सिंहदरबार छिर्ने दाबी गरे । उनले एमाले कसैसँग साँठगाँठ नगरि मुल बाटोबाट सिंहदरबार छिर्ने दाबी गरे ।

‘यता–उता साठगाठ गरे । जस्केलाबाट । मित लगाएर । उसलाई फकाएर । उसलाई झुक्याएर हामीले सरकार बनाउने होइन । हामी जनताको मतबाट । जनताको पवित्र भोटबाट आउछौं र मुल बाटोबाट । राजमार्गबाट सिंहदरबारको मुल गेट खोलेर आउछौं’ उनले भने । ओलीले देशमा विकासको लहर चलाएकोप्रति रिस गरेर एमाले नेतृत्वको सरकार ढालेको आरोप लगाए । ‘तपाईहरुले देख्नु भएको छ । प्रचण्ड एउटा खुट्टा तान्ने, माधव नेपाल अर्को खुट्टा तान्ने, झलनाथ खनाल अर्को खुट्टा तान्ने । कोही खुट्टा तान्ने । कोही बाहुला तान्ने । त्यसका बाबजुद पनि हामीले काम गरेको गरेकै छौं’ उनले भने,‘सरकार अहिले ढालेका छन् उनीहरुले । दशैं आएको केटाकेटी जस्तो आ“गनमा निस्किएर फूरफूर नाचिरहेका छन् । तर, आउदो चुनावमा तपाईहरुले उनीहरुलाई जवाफ दिनुपर्छ ।’

शनिबार गृहजिल्ला झापा आएका ओली सोमबारसम्म रहने छन् । आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा ५ सञ्चालित विभिन्न आयोजनाहरुको अवलोकन तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । ओलीले आइतवारनै दमक दमक ३ मा विपन्नलाई लक्षित गरि निर्माण गरिएको ३३ वटा घर समेत वडा कार्यालयलाई हस्तान्तरण गरे । त्यस्तै ,अपराहन्ह उनले दमकमा सञ्चालित तीन दिने वृहत निशुल्क स्वास्थ्य शिविरको समापन कार्यक्रममा सहभागि भएका थिए । नगरपालिकासहित घुन्सा फाउण्डेशन र विपन्नका लागि स्वास्थ्य संस्थाले विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा मुटु ,बालबालिकासहित विभिन्न रोगका पन्ध्र सय बढीले स्वास्थ्य जाँच लिनुका साथै ल्याव तथा औषधी समेत निशुल्क वितरण गरिएको थियो ।

गोल्डेनगेट प्रवेशद्धारको उद्घाटन

ओलीले दमक ६ मा निर्मित गोल्डेन गेट प्रवेशद्धार उद्घाटन गरे । वडा कार्यालयको रु १५ लाख र स्थानीय जनसहभागिता गरि कुल रु २१ लाख रुपैयाको लागतमा निर्मित प्रवेशद्धारको उनले उद्घाटन गरे । प्रवेशद्धार उद्घाटनमा सहभागि हुने क्रममा उनले सर्वसाधारणहरुसंग केहि समय भलाकुसारी समेत गरेका थिए । प्रवेशद्धार निर्माण गर्न स्थानीय नन्दीकेशर अधिकारीको संयोजकत्वमा ९ सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । उक्त समितिले छ महिना लगाएर पूर्वकै आर्कषक प्रवेशद्धार निर्माण गरिएको संयोजक अधिकारीले बताए ।

यसैगरि ओलीले आइतवारनै सरकारी दमक अस्पतालको निरीक्षण गरि त्यहाँ जडित अक्सिजन प्लान्टको समेत उद्घाटन गरे । त्यस अस्पतालमा संघीय सरकारको लगानीमा अस्पताल स्तरन्नतिका लागि निर्माणाधिन भवनको काम र अस्पतालको सेवाको बारेमा जानकारी लिएको अस्पतालकी अध्यक्ष समेत रहेका दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah