दुई सातादेखि लगातार परेको वर्षाको कारण इलामका ग्रामीण सडकहरू क्षतिग्रस्त भएका छन् । कच्ची सडकहरू भत्किएपछि सवारीसाधनहरू चल्न छाडेका छन् ।

झापाको दमकबाट पाँचथरको रवि हुँदै उत्तरी इलामको राके जोड्ने फाल्गुनन्द मार्ग वर्षाले क्षतिग्रस्त भएपछि यातायात अवरुद्ध भएका हुन् । गाडी नचल्दा स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरका ४ गाउँपालिकालाई छुने करिब ७० किलोमिटर दूरीको कच्ची सडकमा यातायातको साधन चल्न छोडेपछि हजारौं बासिन्दा प्रभावित बनेका हुन् ।

रतुवाको किनारै किनार पर्ने दमक लारुम्बा सडक खण्डको १७ किलोमिटर दूरी वर्षाले बढी क्षतिग्रस्त बनाएको छ । खोलामा आएको बाढीले सडक भत्किएर लथालिंग भएपछि ट्याक्टरसमेत चल्न मुस्किल परेको माङसेबुङ गाउँपालिका– ६ का स्थानीय किरण राईले बताए ।

सो मार्गमा गाडीहरू चल्न नसकेपछि अर्को सडक भएर लामो दूरी पार गर्दै अत्यावश्यकीय खाद्य सामग्री लैजाँदा इलाम र पाँचथरका आधा दर्जन गाउँपालिकाका बासिन्दाहरू महँगीको चपेटामा परेका छन् ।

सडमा गाडी चल्न छोडेपछि इलामका माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका विभिन्न क्षेत्र तथा पाँचथरको मिक्लाजुङका विभिन्न क्षेत्रका हजारौं बासिन्दाले सदरमुकाम र तराईका बजार झर्न लामो दूरीको पैदल यात्रा गर्नुपर्ने बाध्यता सुरु भएको छ । त्यहा उत्पादन भएका सामग्रीहरू तराई आउन नपाउने र तराईबाट अत्यावश्यकीय खाद्य सामग्रीहरूसमेत त्यहाँ लैजान नसक्दा जटिल अवस्था सिर्जना भएको व्यापारीहरू बताउँछन् ।

सो सडकमा हालसम्म करिब २५ करोड बढी लगानी भइसकेको भए पनि अहिलेसम्म ट्रयाक पूर्ण रूपमा खुल्न सकेको छैन । धैरै जनश्रम र थोरै सरकारी सहयोगबाट निर्माण पूर्ण भएको यस फाल्गुनन्द मार्गमा यातायातका साधन चल्न छोडेपछि दैनिक उपभोग्य वस्तु ओसारपसारमा समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah