उपत्यकाको छुट्टाछुट्टै स्थानमा आज दुई व्यक्ति मृत फेला परेका छन् । एक जना भक्तपुरमा र अर्का एक जना ललितपुरको चोभारमा मृत भेटिएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको कम्पाउण्डमा वृद्धा मृत भेटिएको जनाइएको छ ।

मृत्यु हुनेमा काठमाडौँको जडीबुटी बस्ने मकवानपुर हेटौँडा घर भएकी ८० वर्षीया उखुमाया गोले रहेकी छन् ।

उता ललितपुर महानगरपालिका–१८ चोभारमा बन्दै गरेको नयाँ घरको भुइँतलामा एक पुरुष आज मृत भेटिएका छन् । अन्दाजी ५०÷५५ वर्षका देखिएका मृतकको पहिचान भएको छैन । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वन्यजन्तुको छालासहित पक्राउ

यसैबीच दुर्लभ वन्यजन्तु रेडपाण्डाको चार थान छालासहित चार जनालाई काठमाडौँको वसुन्धारास्थित द मयुर क्याफेबाट प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ गोङ्गबु बस्ने धादिङ गङ्गा–जमुना गाउँपालिका–७ का ३९ वर्षीय नीरबहादुर घले, काठमाडौँ कलङ्की बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २५ वर्षीय सुरेश गिरी, काठमाडौँ टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ का ३१ वर्षीय कृष्णबहादुर तामाङ र काठमाडौँ स्वयम्भू बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–२ का २९ वर्षीय मोहनकर्ण कार्की रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah