काठमाडौं । अबदेखि युएइको दुबइमा स्थानीय बासिन्दाले घरको बार्दलीमा कपडा सुकाउन पाउने छैनन् । यदि अटेरी गरेर बार्दलीमा कपडा सुकाएको पाइएमा स्थानीय प्रशासनले जरिवाना तिराउनेछ ।स्थानीय प्रशासनले हालै लागू गरेका नियम अनुसार अबदेखि दुबईमा बाल्कोनीमा कपडा सुकाउन मात्र होइन बाल्कोनीमा उभिएर चुरोट पिउन तथा चुरोटको ठुटा वा खरानी तल फ्याँक्न पनि पाइनेछैन ।दुबइ नगरपालिकाका अनुसार सहरलाई सफा राख्नका लागि यो कदम उठाइएको हो । दुबइ नगरपालिकाले बासिन्दाहरुलाई आफ्नो अपार्टमेन्टको बाल्कोनीको दुरुपयोग नगर्न आग्रह गरेको छ । घरको बार्दली भद्दा देखिने र काण्ड बन्ने काम नगर्न नगरपालिकाले ट्वीटरमार्फत् आग्रह गरेको छ ।

दुबइ नगरपालिकाका अनुसार बाल्कोनीको दुरुपयोग गर्ने यी काम गरेमा जरिवाना तिर्नुपर्नेछः

बाल्कोनी वा झ्यालमा कपडा सुकाउने

चुरोटको ठुटा वा चुरोटको खरानी बाल्कोनीबाट तल फ्याँक्ने

बाल्कोनीबाट फोहोर तल फ्याँक्ने

बाल्कोनी सफा गर्दा पानी तल फ्याँक्ने वा एसीको पानी तल चुहाउने

बाल्कोनीमा स्याटेलाइट डिस वा अन्य एन्टेना लगाउने

चराहरुलाई चारो खुवाउने

उल्लेखित कामहरु गरेर नियम उल्लंघन गरेमा ५ सय देखि १५०० दिरहामसम्म जरिवाना तिर्नुपर्नेछ । स्मरण रहोस् यसअघि सन् २०१८ कुबेतले पनि यस्तै नियम बनाएको थियो । तत् पश्चात् बहराइमा पनि बाल्कोनीमा अण्डरवेयर लगायतका कपडा सुकाउन प्रतिबन्ध लगाइएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah