काठमाडौ । एसिडिटी अर्थात अम्लपित्त नेपालीहरुको आम समस्या हो । यसलाई नेपालीमा ग्याष्ट्रिक पनि भन्ने गरिन्छ ।बद्लिदो जीवन शैली तथा खानपानका कारण पनि थुप्रै नेपालीहरुलाई एसिडिटीको समस्या हुने गरेको छ । एसिडिटी विशेषगरी खानपानसित सम्बन्धित समस्या हो ।ग्यास वा एसिडीटीको समस्या भएमा पेटमा जलन हुने, पेट दुख्ने, अमिलो पानी आउने गर्दछ । अस्वस्थ्यकर खाना, समयमा खाना नखानु नै यसको प्रमुख कारण हो।

एसिडिटीको कारण

एसिडिटी हुनुको मुख्य कारण भनेको खानपिनमा हुने लापरवाही होे । आजकल मानिसहरु यत्ति व्यस्त छन् कि उनीहरुलाई खाने समय वा फुर्सद सम्म हुँदैन । जसका कारण मानिसलाई एसिडिटी हुने गर्छ ।बढी मात्रामा भोजन गर्नाले पनि मानिसलाई अपचको समस्या हुने गर्छ । जसका कारण उनीहरुमा एसिडिटी पैदा हुन्छ ।त्यसबाहेक, अमिलो, पिरो, तारेको, पोलेको लगायत अत्याधिक मसलाको प्रयोग गरिएको खानाको सेवनले पनि मानिसलाई एसिडिटीको समस्या हुने गर्छ भने कतिपय मानिसहरु आवश्यक्ता अनुसारको पानी पिउँदैनन् । जसले गर्दा शरीरमा पानीको कमी भएर पनि एसिडिटी हुने गर्छ ।अत्याधिक मात्रामा धूपमान तथा मादक पदार्थको सेवनले पनि हाम्रो शरीरमा एसिडिटीको समस्या उत्पन्न गराउँछ । बासी खाना, दूध हालेको चिया, कफीले पनि मानिसमा एसिडिटीको समस्या बढाउने गर्छ ।त्यतिमात्र हैन, खाना खानसाथ सुत्नाले पनि मानिसमा एसिडीको समस्या हुने गर्छ ।

यसका लक्षण

१. अचानक डर लाग्नु

२. सास लिनम समस्या उत्पन्न हुनु

३. पेट दुख्ने वा जलन हुने

४. पेट फुल्ने

५. मुखमा अमिलो पानी आउनु

६. वान्ता हुनु

७. भोक नलाग्नु/ खान मन नलाग्नु

८. अमिलो डकार आउनु

९. छाती पोल्नु

बच्ने उपायः

एसिडिटीबाट बच्न सबैभन्दा पहिले खानपानको तालमेल बनाउन जरुरी छ । त्यसको लागि तारेको तथा अत्याधिक मसला प्रयोग गरिएको खानबाट बच्नु पर्छ । त्यस्ैत, विहान खाली पेटमा मनतातो पानीकेा सेवन तथा नेपाली लसुुनको प्रयोगले पनि एसिडीटी हुनबाट तपाईलाई बचाउँछ ।दैनिक नरिवल पानीको सेवन तथा गर्नाले पनि कव्जियत लगायत एसिडीको समस्या कम हुन्छ ।एसिडिटी हुनेले घरमै बनाएको खाना खान आवश्यक छ । त्यस्तै, आवश्यक भन्दा कम खाना खाने, राती सुत्नु अगाडी मन तातो दूधको सेवन गर्नाले पनि एसिडीटीको समस्या कम हुन्छ । त्यस्तै, खाना खादाँ पचाएर खाने, समय समयमा खाना खाने, राती सुत्नुभन्दा करिब तीन घण्टा अगाडी खानाको सेवन गर्ने, समय समयमा खाना खाने गर्नु पर्छ ।

एसिडिटीबाट बच्न

एक कप पानीमा आधा चम्चा बैकिङ्ग सोडा र दुई चम्चा कागतीको रस मिलाएर पिउनाले पनि एसिडिटी हुनबाट बच्न सकिन्छ ।त्यस्तै, एसिडिटीका कारण पेटमा हुने जलनबाट बच्न अदुवा, तथा कागतीको रसमा मह मिसाएर पिउन सकिन्छ । अधिक मात्रामा पानीको सेवनले पनि एसिडिटी हुन पाउदैन ।दुधमा बेसार मिलाएर तथा ज्वानोमा वीरे नुन, लसुन, बेसार, हिंग मिसाएर पिउनाले पनि एसिडिटी वा पेटको जलन हुनुका साथै पेट फुलेको बस्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah