काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पन्जाबको फ्लाइओभरमा १५–२० मिनेट अलमलिए । पन्जाबको फिरोजपुरमा मोदीको चुनावी र्‍याली थियो । त्यस र्‍यालीमा सहभागी हुन गएका उनी फ्लाइओभरमा रोकिनुपर्‍यो ।सुरक्षा त्रुटिका कारण प्रधानमन्त्री मोदी रोकिनुपरेको भारतको गृह मन्त्रालयले जनाएको छ । मोदी मौसम खराब भएकाले सडकमार्गबाट कार्यक्रमस्थलतर्फ जाँदै थिए ।“शहिद स्मारकदेखि ३० किलोमिटर टाढा जब प्रधानमन्त्री मोदी एक फ्लाइओभरमा पुगेका थिए, तब केही प्रदर्शनकारीहरूले सडक अवरुद्ध गरिरहेको थाहा भयो,” भारतको गृह मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ, “यो प्रधानमन्त्री मोदीको सुरक्षामा प्रमुख कमजोरी थियो ।”

प्रधानमन्त्रीको सुरक्षा त्रुटिलाई लिएर राजनीतिक दलहरू एकार्काप्रति आरोप–प्रत्यारोपमा उत्रिएका छन् । आक्रामक अडान लिएर सत्तारूढ दल भाजपाले यसलाई प्रतिपक्षी कांग्रेसको ‘खुनी इरादा’ भनेको छ । कांग्रेसले भने र्‍यालीमा कुर्सी खाली भएकाले प्रधानमन्त्रीले सुरक्षाको बहाना बनाएर फर्कने निर्णय गरेको जिकिर गरेको छ । भाजपाले पन्जाबमा कांग्रेसको सरकार रहेको र प्रधानमन्त्रीको भ्रमणको सुरक्षा गर्ने जिम्मेवारी पनि उसैको भएको जनाएको छ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले यो विषयलाई गम्भीर रूपमा लिँदै पन्जाब सरकारसँग जानकारी मागेका छन् । – बीबीसी हिन्दी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah