काठमाडौ । दु’र्घटनाको कुनै संकेत हुँदैन । निकै रमाइलोका बीच पनि सन्ताटा छाउने घ’टना हुन्छन् । त्यस्तै भएको छ ब्राजिलमा । ब्राजिलको मिनस ग्यारेस राज्यमा नौका विहारमा रमाइरहेकाहरु माथि अचानक ठूलो विपत्ती आयो । उनीहरु चढेको डुंगा माथि एउटा विशाल चट्टानको टुक्रा भत्किएर आयो । घ’टनामा १० जनाको मृ’त्यु हुनुका साथै २० जना हराइरहेका छन् ।शनिबार भएको दु’र्घटनामा परी ९ जना ग म्भी र घाइते भएका छन्। दु’र्घटनाका घाइतेको उपचार भइरहेको छ। पर्यटक सवार डुङ्गामाथि पहाड खसेको भिडिओ पछिल्लो समय भाइरल भइरहेको छ।
फर्नास लेकमा पर्यटकहरूले नौका सवारीको मजा लिइरहेको बेला चट्टानको एक भाग टुक्रिएर नौकाहरुमाथि खसेको भिडियोमा देख्न सकिन्छ। स्थानीय समयअनुसार यो दु’र्घटना शनिबार बिहान करिब ११ बजे भएको हो।मिनस ग्यारेस फायर डिपार्टमेन्टका कमाण्डर कर्नल एडगार्ड एस्तेभोले हराइरहेका व्यक्तिको खोजी भइरहेको बताएका छन्। उनले हालसम्म घ’टनास्थलमै ७ जना र थप ३ जनाको श व केही समयपछि पानीबाट निकालिएको जानकारी दिए। घ’टनामा परी ३० जना घाइते भएका छन्। घाइतेमध्ये ९ जना ग म्भी र घाइतेको उपचार जारी रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
यसैबीच ब्राजिलका राष्ट्रपति जायर बोल्सेनारोले दु’र्घटनाको भिडियो शेयर गर्दै नौसेनाले खोज र उद्धार प्रयासका लागि एक राहत दल तैनाथ गरेको बताएका छन्। भिडियोमा आफन्त गुमाएकाहरु निकै दुखी देखिन्छन् ।
Six dead, 20 missing after rock face collapses on boats at waterfall in #Brazil https://t.co/K1Pxwo16zP
VIDEO pic.twitter.com/grGSGlysjp— Anthony Boadle (@AnthonyBoadle) January 8, 2022



