नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गदै आज नेपाल एकिकरण दिवस तथा ३००औँ जन्मजयन्ती देशभर मनाइँदै छ । त्यस्तै सुनसरीको इटहरीमा पनि यो वर्ष केहि फरक तरिकाले यो जयन्ती मनाइएको हो । पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज इटहरी चोकमा शाहजस्तै देखिन व्यक्ति खडा गरि, महिलाहरुले पञ्चेवाजा बजाई इटहरी चोक परिक्रमा गरि यो जयन्ती मनाइएको छ ।

 

देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको सहभागीहरूले बताएका छन् । यस वर्ष ३०० औं पृथ्वी जयन्ती परेकाले विषेश कार्यक्रमको आयोजना गरिएको बताउदै मुल समारोहका संयोजक सन्त बहादुर डुम्जनले बताए ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । नेपाल एकिकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो । तर ६२ र ६३ को आन्दोलन पछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठेपनि सरकारले कुनै निणय गर्न सकेको छैन ।

पृथ्वी नारायण शाहले बाइसे र चौंविसे राज्यलाई एकिकरण गरेर वृहत नेपाल बनाएका थिए । तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकोले उनको दूरदर्शिताको कदरका लागि भएपनि दिवस मनाउनुपर्ने माग उठ्दै आएको छ ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah