भद्रपुर । भद्रपुर नगरपालिका-४ बरगाछीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ७७ वर्षीय जगतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ।
तीन जना सवार मे १० प ४४१९ नम्बरको मोटरसाइकलले पैदल यात्री कार्कीलाई ठक्कर दिएको थियो। उनको उपचारको क्रममा ओम साई पाथीभरा हस्पिटलमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।



