विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोभिड–१९ संक्रमितको उपचारमा दुई नयाँ औषधी चलाउन सुझाव दिएको छ।
डब्लुएचओले शुक्रबार गम्भीर तथा सामान्य कोरोनाका विरामीलाई उपचार गर्न छुटाछुटै दुई वटा औषधी प्रयोग गर्न सुझाव दिएको हो। डब्लुएचओले गम्भीर प्रकारको संक्रमण भएका विरामीलाई ‘ब्यारिसाइटिनिभ’ र ‘सोट्रोभिम्याब’ सामान्य वा मध्य संक्रमण भएका विरामीलाई औषधी प्रयोग गर्न सकिने बताएको छ।
ब्यारिसाइटिनिभ खाने औषधि हो ।
त्यस्तै, सोट्रोभिम्याब–मोनोक्लोनल एण्टीबडी ड्रग सामान्य कोरोना तथा मध्य संक्रमति जो अस्पतालमा भर्ना हुन सक्ने खतरामा हुन्छन्, त्यस्ता व्यक्तिलाई यो औषधी चलाउन सकिनेछ।
ज्येष्ठ नागरिक, विभिन्न दीर्घरोग भएका–उच्च रक्तचाप, मधुमेह, मोटोपन, रोगसँग लड्ने क्षमता नभएका तथा खोप नलगाएकाहरुलाई यो औषधि प्रयोग गर्न सकिने जनाइएको छ। यो औषधिको प्रयोगले ओमिक्रोन भेरियन्ट विरुद्ध एन्टिबडी पनि उत्पादन हुने तथ्य बाहिरिएको छ।
डब्लुएचओले ४ हजार विरामीमा परीक्षण गरि औषधि प्रयोग गर्न मिल्ने सुझाव दिएको हो।



