काठमाडौं। कोरोनालाई देखाएर चीनले मेडिकल अध्ययन गर्दै आएका नेपाली विद्यार्थीहरुलाई अलपत्र बनाएको छ। चीनको व्यवहारले नेपाली छोराछोरीले दुःख भोग्नुपरेको हो| एमविविएस गर्न चीनमा गएका नेपाली विद्यार्थीहरु कोभिड–१९ को महामारीका क्रममा स्वदेश फर्किए पनि पछि चीन फर्कने अनुमती नपाएर आफ्नो शैक्षिक भविष्यप्रति चिन्तित देखिएका छन्।विभिन्न चिनियाँ विश्वविद्यालयबाट सैद्धान्तिक पाठ्यक्रम पूरा गरेका १५३ विद्यार्थीले चीनको असहयोगकै कारण अध्ययन पूरा गर्न सकेका छैनन् ।

विद्यार्थीहरू २०२० को सुरुमा कोरोनाभाइरस महामारीको प्रकोप पछि घर फर्केका थिए । उनीहरूले सैद्धान्तिक शिक्षा अनलाइनबाटै पूरा गरे र सम्बन्धित विश्वविद्यालयले प्रमाणपत्र जारी गरिसकेका छन् । तर, इन्टर्नसिपको अनुभव नहुँदा उनीहरुले एमबीबीएस डिग्री पाएका छैनन् । एक एमविविएस विद्यार्थीलाई पाँच वर्षको अध्ययन पछि एक वर्षको इन्टर्नशिप गर्नुपर्छ । सन् २०१५ र २०१६ मा भर्ना भएका विद्यार्थीलाई चीनले पुन: प्रवेश अनुमति नदिएको र नेपाल सरकारले यहाँ इन्टर्नसिपको अवसर दिन नचाहेको कारण उनीहरुको भविष्य अन्धारमय बनेको छ।

नेपाल सरकारको शिक्षा मन्त्रालयले विद्यार्थीहरुले आफ्नो विश्वविद्यालयमा पढाइलाई निरन्तरता दिन कूटनीतिक माध्यम प्रयोग गर्ने निर्णय गरेको छ, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तर चिनियाँ सरकारले चाँडै नै पुन: प्रवेश गर्न नदिने भएकाले सरकारी निर्णयको कुनै अर्थ नभएको विद्यार्थीहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah