काठमाडौ । कोरोना भाईरस लागेको आशंकामा चिनिया नागरिकहरुलाई त्यहाको सरकारले बन्धक बनाई गोप्य स्थानमा लगेर राखेको रहस्य खुलेको छ । चीनमा रहेको सियान सहरका बासिन्दाहरुलाई अबेर राती घरबाट निकालेर मेटलबाट बनाईएका बक्समा कोरेन्टाईन गर्न लगिरहेको भिडियोहरु सामाजिक संजालमा सार्वजानिक भएको छ ।
संक्रमितहरुलाई काठबाट बनाएको बेड र शौचालय प्रयोग गर्न दिएको समाजिक संजालका राखिएको भिडियोहरुबाट प्रष्ट बुझ्न सकिन्छ । संक्रमित भएको शंका गरिएका व्यक्तिहरुलाई ति ठाउँमा दुई हप्ता सम्म बन्धक बनाइएको कतिपय अन्तराष्ट्रिय संचार संस्थाहरुले जनाएका छन्।



