नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कोरोना संक्रमण मुक्त भएका छन्।

ad
आइतबार गरिएको पीसीआर परीक्षणमा प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ।

सचिवालयको तर्फबाट उनकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल मार्फत् अध्यक्ष प्रचण्ड कोरोना मुक्त भएको जानकारी गराएकी हुन्। ‘अध्यक्ष प्रचण्डको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै वहॉ कोरोनामुक्त हुनुभएको छ,’ दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यस दौरानमा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार’

गएको पुष २३ गतेको परीक्षणमा प्रचण्डलाई संक्रमण पुष्टि भएको थियो। संक्रमण भएपछि प्रचण्ड घरमै आइसोलेशनमा बसेका थिए।

ad
कोरोना पोजेटिभपछि प्रचण्डले भेटघाटका सबै कार्यक्रम स्थगित गरेका थिए।

पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गरेपछि अध्यक्ष प्रचण्डसहित माओवादीका धेरै नेता कोरोना संक्रमित भएका छन्। अध्यक्ष प्रचण्ड संक्रमण मुक्त भएपनि अरु धेरै नेता अहिले पनि आइसोलेसनमै छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah