दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दु’र्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृ’त्यु भएको छ । दु’र्घटनामा महिला र केही बालबालिका पनि रहेका छन् । डुंगा डुब्दा पल्टिएका १० जनाको उद्दार गरिएको छ । दु’र्घटनापछि डुबेका मानिसहरुले सहयोगका लाग याचना गर्दै चिच्चाएका थिए ।
‘दु’र्घटनास्थल पत्ता लगाउन स्थानीय र उद्दारकर्तालाई केही समय लागेको थियो,’ क्यामिनाडो फ्रन्टिनर्सले एक विज्ञप्तिमा भनेको छ । फ्रन्टिनर्सले डुंगा दु’र्घटनामा मारिएका व्यक्तिको तथ्यांक संकलन गर्दै आएको छ । ४३ मध्ये दुई जनाको शव फेला परेको सो संगठनले जनाएको छ । ती आप्रवासी मोरक्को हुँदै स्पेनको क्यानरी टापुतर्फ जाँदै थिए ।



