एमाले वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी सदैव राष्ट्रियताको पक्षमा दृढ अडान लिने पार्टी भएकोले कुनै भ्रममा नपरी संमृद्धिको यात्रातर्फ अघि बढन कार्यकर्तालाई आह्वान गर्नुभएको छ । पार्टीभित्र नेतृत्वदेखि अन्य सवै नेताहरु र सिंगो पार्टी नै राष्ट्रियताको पक्षमा एक ढिक्का रहेको उदघोष पनि खनालले गर्नभयो ।

३९ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बाग्लुङमा आज आयोजित कार्यक्रममा खनालले पार्टी अध्यक्षले मात्र नभई सवै नेता र सिंगो पार्टीले राष्ट्रियतामा अडान लिएको बताउनु भयो । ब्यक्तिलाई बढाईचढाई गर्ने भन्दा पनि पार्टीले लिएको नीति नै राष्ट्रियता बलियो बनाउने खालको भएको उहाको भनाई थियो ।

नेता खनालले पार्टीभित्र गुटहरु मौलाउन थालेको भन्दै अव गुटबन्दी गर्नेहरुलाई बहिष्कार गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

‘गुटबन्दीका कारण २०५४ मा पार्टी विभाजन भयो, त्यसको समिक्षा अहिलेसम्म पनि हुन सकेको छैन, अव समिक्षा गर्न जरुरीछ, बागलुङमा पहिला पार्टी एकतावद्ध थियो तर आजभोली सुन्छु, गुटको छिर्का पर्न थालेको छ रे, त्यो गलत छ,’ खनालले भन्नुभयो, ‘तपाईहरु सवै पार्टीको निर्णयको पक्षमा उभिनोस, गुटबन्दी गर्न आउनेलाई बहिस्कार गर्नाेस, लखेटनोस, सवै एकतावद्ध भएर अगाडी बढ्नोस ।’

उहाले अब आफुहरुको पुस्ता उमेरका हिसावले पनि पुरानो भएको भन्दै विस्तारै जिम्मेवारीबाट हटेर जानुपर्ने प्रस्ताव पनि राख्नुभयो । ‘म ६८ वर्षको भए, मेरो पुस्ता अव विस्तारै जिम्मेवारीबाट हट्दैछ र नयाँ पुस्ताले नेतृत्व अब लिनु पर्छ,’ खनालले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah