सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले नेपालमा भारतको खुला हस्तक्षेप हुनैपर्ने मान्यता अघि सारेको तथ्य खुलेको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको बेला काठमाडौं आएका भारतका चर्चित पूर्वसांसद मणिशंकर ऐयरले कांग्रेस नेताहरुले संस्थागत रुपमै नेपालमा भारतको खुला हस्तक्षेप हुनुपर्ने प्रस्ताव राखेको तथ्य बाहिर ल्याउनु भएको हो ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मलाई भने कि नेपालमा प्रत्यक्ष हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेर मैले आधारभूत रुपमा गल्ती गरेँ, यो असम्भव छ । भारत हाम्रो निकट छ, यसले हामीलाई प्रभावमा राखेको छ, त्यसैले ऊ हाम्रो मामलाबाट अलग हुनै सक्दैन
ऐयर स्थानीय तह निर्वाचन हुनै लाग्दा सुटुक्क काठमाडौं आउनु भएको थियो । उहाँलाई कांग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिले काठमाडौं बोलाउनु भएको थियो । निधिको निम्तोमा काठमाडौं आएर थुप्रै राजनीतिक दलका नेतासँग भेटबार्ता गर्नुभएको ऐयरले कांग्रेसका नेताहरुले नेपालमा भारतको खुल्ला हस्पक्षेप हुनैपर्ने बताएको खुलासा गर्नुभएको छ । दिल्ली फर्किएर ऐयरले सनसनीपूर्ण ‘काठमाडौं डायरी’ सार्वजनिक गर्दै कांग्रेसका नेताहरुकै कारण नेपालमा भारतको हस्तक्षेप भएको तथ्य सार्जजनिक गर्नुभएको छ ।

‘नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मलाई भने कि नेपालमा प्रत्यक्ष हस्तक्षेप नगर्न भारतलाई आग्रह गरेर मैले आधारभूत रुपमा गल्ती गरेँ, यो असम्भव छ । भारत हाम्रो निकट छ, यसले हामीलाई प्रभावमा राखेको छ, त्यसैले ऊ हाम्रो मामलाबाट अलग हुनै सक्दैन,’ गिरीको भनाई जस्ताको तस्तै राख्दै ऐयरले आफ्नो काठमाडौं डायरीमा लेख्नुभएको छ, ‘आफैंले सुरु गरेको प्रक्रियाबाट भारत अहिले कसरी भाग्न सक्छ ?’
आफैंले सुरु गरेको प्रक्रियाबाट भारत अहिले कसरी भाग्न सक्छ ?
ऐयरका अनुसार गिरीले यो पनि भने कि नेपालमा २००३ सालदेखि जेजति महत्वपूर्ण घटना भएका छन्, सबैमा भारत संलग्न छ । ‘उनले २००३ साल नै किन भने भन्ने लागेको थियो, तर मैले सोधिनँ,’ ऐयरले लेख्नुभएको छ । ऐयरका अनुसार गिरीले यो पनि भनेका छन कि, ‘विगतमा नेपाल र भारतबीच एक किसिमको ‘सम्झौता’ भएको उल्लेख गर्दै भने, ‘यसलाई भारतले अहिले इन्कार गर्न पाउँदैन ।’
गिरी बोल्दै गए, ‘उक्त सम्झौतालाई राजा महेन्द्रले १७ सालमा फ्याँकिदिए जब भारत सरकारसँग महेन्द्रको टकराव परेको थियो । तर, नेपालमा गणतन्त्र ल्याउने क्रममा भारतसहित हामी सबै एकै ठाउँमा आयौं ।’



