काठमाडौं। दक्षिणी अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक चिडियाघरमा राखिएका सिंह र प्युमामा गम्भीर प्रकारको कोभिड-१९ संक्रमण देखिएपछि नयाँ भेरियन्ट उत्पन्न हुने चिन्ता बढेको छ ।सुरुमा चिडियाघरमा जनावरको रेखदेख गर्ने कर्मचारीमा लक्षणबिनाको कोभिड-१९ संक्रमण देखिएको थियो । तिनै कर्मचारीबाट सिंह र प्युमा (बन बिरालोको एक प्रजाति)मा कोरोना भाइरस सरेको हुन सक्ने ब्लूमबर्गले जनाएको छ ।समाचारअनुसार कोभिड-१९ बाट संक्रमित सिंह र प्युमामा सास फेर्न गाह्रो हुने, नाकबाट सिँगान बग्ने सुख्खा खोकी लाग्ने लगायतका लक्षण देखिएका थिए ।

एक स्थानीय विश्वविद्यालयले सन् २०२० मा गरेको २ वटा प्युमाको दिसापिसाब परीक्षणपछि ती प्युमामा पखाला, नाकबाट सिँगान बग्ने र सास फेर्न गाह्रो हुने जस्ता लक्षणसहित कोभिड-१९ को संक्रमण पाइएको थियो । प्रिटोरिया विश्वविद्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा दुबै प्युमा २३ दिनपछि संक्रमणमुक्त भएको उल्लेख छ ।त्यसको एक वर्षपछि अर्थात् दक्षिण अफ्रिकामा डेल्टा भेरियन्टका कारण सुरु भएको तेस्रो कोभिड लहरबीच ३ वटा सिंहमा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना पोजिटिभ देखिएको एउटा सिंहलाई निमोनिया भएको समाचारमा उल्लेख छ ।

हालसम्मका अध्ययनले जनावारबाट मानिसमा कोरोना भाइरस सरेको देखाउँछ । तर प्रिटोरिया विश्वविद्यालयको उक्त अध्ययनले मानिसबाट जनावारमा कोरोना भाइरस सर्न सक्ने देखाउँछ । सिंह संक्रमित भएका बेला चिडियाघरका कर्मचारीमा भाइरस फैलिइसकेको र कर्मचारीबाटै सिंह तथा प्युमामा कोरोना भाइरस सरेको हुन सक्ने अनुमान गरिएको छ ।ती जनावारमा कोरोना भाइरस उत्परिवर्तन भएको र पुन: मानिस संक्रमित हुन सक्ने अनुसन्धानकर्ताको भनाइ छ । जनावारको रेखदेख गर्दा समेत मास्क लगाउनुपर्ने र स्वास्थ्यका अन्य मापदण्ड अपनाउनु पर्ने उनीहरूको सुझाव छ ।

‘यसरी दुर्लब जनावारलाई संक्रमण हुन र मृत्युबाट बचाउन सकिन्छ’, विश्वविद्यालयका प्राध्यापकद्वय मारिएट्जी भेन्टर र काट्जा कोइपेलले विज्ञप्तिमा भनेका छन्, ‘अन्य जनावारको शरीरमा भाइरस स्थापित भए नयाँ भेरियन्टको उत्पत्ति हुन सक्ने जोखिम बढ्ने र त्यस्ता भेरियन्ट पुन: मानिसमा सर्न सक्ने हुँदा यी उपाय अपनाउन आवश्यक हुन्छ ।’ एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah