टिभी अभिनेत्री श्वेता तिवारी नयाँ समस्यामा फसेकी छिन् । ‘मेरो ब्राको साइज भगवानले लिइरहेका छन्,’ यो वि’वादित बयान दिँदा श्वेता तिवारीमाथि एफआईआर दर्ता भएको छ । भोपालको श्यामला हिल्स पुलिस स्टेशनमा श्वेता तिवारीविरुद्ध एफआईआर दर्ता भएको हो । श्वेताले यस्तो बयान दिएर धार्मिक भावनालाई आहत पुर्याएको आरोप लागेको छ ।

के हो पूरा विवाद ?

भापालमा आफ्नो आउँदो वेब सिरिजको लञ्च इभेन्टमा स्टारकास्टसँग पुगेकी श्वेता तिवारीले ठट्टा गर्दा गर्दै विवादित बयान दिएकी थिइन् । श्वेताले हास्दै भनेकी थिइन्, ‘मेरो ब्राको साइज भगवानले लिइरहेका छन् ।’ श्वेताको यो बयान हेर्दाहेर्दै भाइरल भयो । राजनीतिक क्षेत्रमा पनि श्वेताको यो बयानको चर्चा हुन थाल्यो । मध्यप्रदेशका गृहमन्त्री डाक्टर नरोत्तम मिश्राले श्वेताको बयानको विरोध गरेका थिए । उनले नायिकाविरुद्ध एक्सन लिइने बताएकी थिइन् ।

श्वेता तिवारीले माफी माग्दै भनिन्– मेरो भनाइलाई गलत बुझियो

धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेकी बिग बोस फेम श्वेता तिवारीले माफी मागेकी छिन् । श्वेताले पनि विज्ञप्ति जारी गर्दै यस विवादमा आफ्नो भनाई सार्वजनिक गरेकी हुन् । उनले आफ्नो विज्ञप्तिमा लेखेकी छन्, ‘मेरो सह कलाकारको अघिल्लो भूमिकाको सन्दर्भमा मेरो भनाइ आएको हो तर मेरो भनालाई गलत बुझेर विरोध गरिएकोमा मेरो ध्यानाकर्षण भएको छ ।

उक्त भनाइको सन्दर्भ बुझेपछि थाहा हुन्छ कि यो भनाइ आफ्नो अघिल्लो सिरियलमा भगवानको भूमिका निर्वाह गरेका ‘भगवान’ सौरभराज जैनका लागि प्रयोग गरिएको हो । कलाकारको पात्रको नाममा मान्छे जोडिन्छन्, त्यसैले मिडियासँगको कुराकानीमा त्यो उदाहरण दिएँ तर गलत बुझियो । यसका लागि म माफी चाहन्छु।

श्वेताले थप लेखेकी छिन्, ‘म आफैंलाई भगवानमा धेरै विश्वास गर्छु, त्यसैले जानी–जानी कसैले त्यस्तो कुरा गरेर धार्मिक भावनामा ठेस पुर्याउने मेरो मनसाय थिएन तर नजानेर जनताको भावनामा ठेस पुगेको थाहा पाएँ । मेरो शब्द वा कार्यले कसैलाई चो ट पुर्याउने उद्देश्य थिएन, त्यसैले म माफी चाहन्छु।

हालै भोपालमा पत्रकार सम्मेलन गर्दै श्वेताले मिडियाको अगाडि भनेकी थिइन्– ‘भगवानले मेरो ब्राको साइज लिइरहनुभएको छ । यो कुरालाई लिएर विवाद भएको थियो तर पछि थाहा भयो कि श्वेता जसको बारेमा कुरा गरिरहेकी छिन् त्यो वेब सिरिजमा उनका सह–अभिनेता सौरभ राज जैन हुन् । स्टेजमा श्वेतासँगै अभिनेता कंवलजीत, सौरभ राज जैन, रोहित रोय र दिगंगना सूर्यवंशी पनि उपस्थित थिए । उनीहरु सबै आगामी वेब सिरिज ‘शोस्टपर’ को प्रचार र घोषणाका लागि आएका हुन् ।

शृङ्खलामा सौरभ ब्रा फिटरको भूमिकामा छन्। सौरभले यसअघि टिभी शो महाभारतमा भगवान कृष्णको भूमिका निभाइसकेका छन् । कार्यक्रमको सञ्चालक साहिलले उनलाई सोधे, ‘अहिलेसम्म तिमी भगवानको भूमिका निभाउने गर्दथ्यौ, अहिले प्रत्यक्ष रूपमा ब्रा फिटरको भूमिकामा छौ । यसैबीच, श्वेताले हाँस्दै भनिन्– ‘भगवानले सिरिजमा मेरो ब्राको साइज लिइरहेका छन् । यस मामिलामा भोपालका सोनु प्रजापतिले श्वेता विरुद्ध एफआईआर दर्ता गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah