काठमाडौं । सामाखुसीस्थित ट्रिपल स्टार म्यानपावरबाट परिचालित गुण्डाहरुले न्यूज २४ फोटोपत्रकार महेश्वर के.सी.माथि हातपात गरि क्यामेरा खोसेर लगेका छन् ।मंगलबार दिउँसो त्यहाँ पुगेर फोटो समाचार संकलन गर्ने क्रममा म्यानपावरले खटाएका गुण्डाहरुले फोटोपत्रकार के.सी.माथि हातपात गरि क्यामेरा खोसेर लगेका हुन् ।म्यानपावरका गुण्डाहरुले के.सी. लगायत थुप्रै पत्रकारमाथि कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् ।

गम्भीर घाइते भएका पत्रकाहरुको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।गम्भीर घाइते भई अस्पताल भर्ना हुनेहरुमा दिपेशराज पाण्डे, हरिप्रसाद, पाठक दशरथ भण्डारीलगायत रहेका छन् ।म्यानपावरले विदेश उडाइदिन्छु भनेर विदेश नपठाएपछि पीडितहरु कार्यालयमा उपस्थित भएका थिए । पीडितहरुसँगै सञ्चारकर्मी पनि त्यहाँ पुगेका थिए ।

त्यहाँ पुगेका पीडित र पत्रकारलाई समाउँदै म्यानपावरबाट परिचालित गुण्डाहरुले रगताम्य गरि कुटपिट गरेका थिए । पछि प्रहरी आएर सुरक्षा दिलाएका थिए ।न्यूज २४ सँग सम्पर्क आएका म्यानपावर सञ्चालक हरिकाजी गुरुङले यस विषयमा समाचार सम्प्रेषण नगर्न भन्दै आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah