काठमाडौँको सामाखुसी स्थित ट्रिपल स्टार मेनपावरमा गएका युट्युबरलाई मेनपावर सञ्चालक र उनका समर्थकले निर्घात कु’टेका छन् । विवादको क्रममा हात हालाहाल हुँदा ३ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए ।वैदेशिक रोजगार सम्बन्धी विषयमा विवाद हुँदा मेनपावर सञ्चालक र समर्थक युट्युबरमाथि जाइलागेका थिए ।
कु’टपि’टबाट मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दिपेश राज पाण्डे, ४२ वर्षीय हरि प्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घाइते भएका छन् ।मंगलबार दिउँसो मेनपावरबाट पी’डित भएकाहरूको साथमा युट्युबरहरु टोखा नगरपालिका–१४ स्थित मेनपावरको कार्यालयमा पुगेका थिए । घाइतेहरूको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । घ’टनाबारे कसैले उजुरी नगरेको र महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए । मेनपावरका पदाधिकारी र युट्युबरको बिचमा एक आपसमा वि’वाद हुँदा हात हालाहाल भएको थियो ।
थप समाचार :काठमाडौंको सामाखुसीस्थित एक मेनपावर कम्पनीमा गएका युट्युबरसहित केही व्यक्तिहरू कुटिएका छन्। प्रहरीका अनुसार मंगलबार दिउँसो टोखा नगरपालिका-१४ स्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा केही व्यक्तिहरूले कुटपिट गरेका हुन्। कुटपिटबाट तीन जना घाइते समेत भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। घाइतेको ग्रीन सिटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको परिचय भने खुलिसकेको छैन।‘केही पीडित व्यक्तिहरू मेनपावरमा गएका थिए,’ उनले भने,‘केही युट्युबर साथीहरू पनि क्यामेरा लिएर त्यहाँ पुग्नुभएको रहेछ। त्यसैबीच कुटपिट भएको देखिन्छ।’उनका अनुसार मेनपावरबाट पीडित भएका व्यक्तिहरूले पनि प्रहरीलाई जानकारी गराएका थिएनन्।घ’टना भएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो।
अहिलेसम्म कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ।मेनपावर कम्पनीभित्र कुटपिट भएको भिडिओ समेत बाहिरिएको छ। त्यस भिडिओमा एक जना व्यक्तिको टाउको फुटेको देखिन्छ। यस्तै अर्का व्यक्तिमाथि भने लखेटेर कुटपिट गरेको देखिन्छ।



