जीवन पराजुली

काभ्रे, ९ साउन/शुक्रबार बनेपा बसपार्कमा रहेको गौतम भोजनालयमा एकै परिवारका चार जना मृत भेटिए ।
रहस्यमय रहेको अनुमान गरिएको मृत्यु प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धान जारी राखिरहँदा घटनाका विषयमा नयाँ तथ्यहरु सार्वजनिक भइरहको छ ।

बनेपा बसपार्कमा होटल व्यवसाय गर्दै आएका राजाराम दाहालका दुई श्रीमती रहेको र अंशबारे विवाद रहेको तथ्य सार्वजनिक भइसकको छ । कान्छी श्रीमती ल्याएसँगै राजारामकी जेठी श्रीमती छुट्टै वस्दै आएकी थिइन् ।

अंश विवादका बारे बुझ्न राजारामकी कान्छी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । घटनाबारे थप रहस्य खुल्दै गएको छ ।

बनेपा नगरपालिका वडा नं. २ का राजाराम दाहालले उनकी कान्छी श्रीमती पूजा दाहालसँग घटना हुनुभन्दा आठ महिना अघि नै सम्बन्ध विच्छेद गरेको तथ्य खुलेको छ । सम्वन्ध बिच्छेद भएपनि उनीहरु संगै वस्दै आएका थिए ।

जेठी श्रीमतीलाई अंश नदिने प्रपञ्चका साथ आफ्नो नाममा रहेको जग्गा बसपत्रगरि सम्बन्ध विच्छेद गरिएको समाचारहरु सार्वजनिक भएका छन् ।

मृतक हरिभक्त दाहालका छोरा राजाराम दाहालले कान्छी श्रीमतिलाई ८ महिना अघि नै अंश दिएर २०७३ साल मंसिर १२ गते सम्बन्ध विच्छेद गरेको पाइएको हो । जेठी श्रीमतीलाई अशं नदिने उद्देश्यका साथ आफ्नो नाममा रहेको जग्गालाई बकस पत्र गरी सम्बन्ध विच्छेद गरिएको हुन सक्ने बताइन्छ ।

पूजाले श्रीमान राजाराम, ससुरा हरिभक्त र सासू हरिमाया दाहालको नाममा रहेको सम्पती २०७३ मंसिर ७ गते आफ्नो नाममा बकस पत्र गराई २०७३ साल मंसिर ९ गते जिल्ला अदालत काभ्रेमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी थिइन् ।

त्यसको चार दिन पछि मंसिर १२ गते जिल्ला अदालत काभ्रेबाट सम्बन्ध विच्छेद गरेको प्रमाण लिएको देखिन्छ ।
सम्बन्ध विच्छेदअघि आफ्नी मितिनीे निर्मला थापाको श्रीमान पशुपति श्रेष्ठको नाउँमा यस अघिनै गोप्य रुपमा राखिएको साविक दक्षुटोल १ मा रहेको कित्ता नं. ६७९ बाट कित्ता नम्बर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीन तले घर पूजाले सम्बन्ध विच्छेद गरेको २३ दिन पछि पुस ५ गते बकस पत्र गरी लिएकी थिइन् ।

२०७३ साल मंसिर २ गते कित्ता नम्बर ७३० बाट हरिभक्त दाहालले टुकुचा गाविस वडा नं. ८मा रहेको ०–८–३–२ क्षेत्रफलको बारी आफ्नो नाउँमा अशं बुझिलिए । जसको कित्ता नम्बर ९६३ रहेको छ । कित्ता नम्बर ७३० बाटै छोरा राजारामले ०–८–३–१ जग्गा अशं बुझिलिए ।

तर मंसिर ७ गते पूजाले सासू हरिमाया दाहालबाट उग्रचण्डी नाला ६ को कित्ता नम्बर ३३४ नम्बरबाट ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा बकस पत्र गरि लिइन् ।

७ गते सासूबाट जग्गा बकस पत्र गरी लिएपछि मंसिर ९ गते जिल्ला अदालत काभ्रेमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराई मंसिर १२ गते आफ्नो छोरा बाबु राजाराम दाहालसँगै रहने संझौता गराई आफुले सम्बन्ध विच्छेद गरेको अदालतका एक कर्मचारीले बताए ।

सम्वन्ध बिच्छेद गर्ने तर संगै वस्ने भएका कारण यो विषयलाई आम सर्वसाधारण र छिमेकीले शंकाको रुपमा हेरेका छन् ।

बनेपाको पक्की घर र जग्गा पूजाले आफ्नो नाउँमा ल्याइन् । यसो गर्दा उक्त घर जग्गा सौता कमलालाई दिनु नपर्ने उनको बुझाइ रहेको पारिवारीक श्रोतको भनाइ छ ।

सबै सम्पती आफ्नो नाउँमा ल्याएपनि कानूनी मान्यता नदेखिने र कुनै न कुनै दिन उक्त सम्पती जेठी श्रीमतीको छोराले पाउने देखेपछि उनले सम्बन्ध विच्छेदका लागि राजारामलाई दवाव दिएको आशंका गरिएको छ ।
श्रीमतिको विस्वासमा परेका राजारामले श्रीमतिको योजना अनुसार सवै जग्गा जमिन उनकै नाममा गरिदिए । तर उनीमाथिको दवाव भने कायम रहेको थियो ।

सम्पति जवरजस्ति लिएपछि कान्छी श्रीमतीले पूजाले राजारमलाई टचर दिने गरेकी थिइन् । । पूजाले श्रीमानलाई आफ्नो घरमा पनि बस्न नदिने र माइतीले दिएको होटल पनि बेचिदिने भनेरे राजारामलाई दवाव दिने गरेको र त्यसैका कारण उनको परिवारले यस्तो निर्णय लिएको हुनसक्ने उनी निकटस्थहरुले बताएका छन् ।

पूजा आफ्नो इच्छा अनुसार मात्र होटलमा वस्थिन् ।

घटना घटेको दिन दिउँसो राजाराम कि बहिनी रञ्जनाको बिहेको कुरा चलेको र बिवाहको लागि लाग्ने खर्च समेत पूजाले म दिन सक्दिन जे गर्नु छ आफैं गर्नु भनेर माइत हिडेकी आफन्तहरुको दाबी छ ।

आफूले सवै सम्पत्ति पूजानको नाममा गरिदिएपछि राजरामले विवाहको खर्चको व्यवस्था गर्न पूजासँग आग्रह गरेका थिए । तर उनले त्यसलाई अस्विकार गर्दै आइतबारसम्ममा होटल खाली गर्न चेतावनी दिएको राजारामका एक साथीले बताए ।

उनले दिएको दवावमा राजारामको परिवार परेको र घटना स्थलमा विषको भाडो भेटिएकाले यो हत्या वा आत्महत्या भन्ने एकिन हुन सकेको छैन ।

अनुसन्धान व्यूरोले शव काठमाडौं लगेको भएपनि पारिवारिक कुरा नमिल्दा पोष्टमार्टमसमेत हुन सकेको छैन । गाउँका वडा अध्यक्षसहित बसेर जेठी श्रीमतीका छोरा छोरीका लागि पनि राजारामको सम्पत्ति बाडँफाड गर्न खोजिएको भएपनि पूजाले त्यसलाई अस्विकार गरेकी छिन् । जसका कारण पोष्टमार्टम हुन सकेको छैन । सम्पतिको कुरा मिलाएर पोष्टमाटम गर्ने तयारी भएको पारिवारीक स्रोतले बतायो ।लोकान्तरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah