चौंरी गोठ जाँदा लेक लागेर पाँचथरमा एक युवकको मृ’त्यु भएको छ । जिल्लाको फालेलुङ गाउँपालिका-५ को टुनिबोटेका ३१ वर्षीय विशाल मगरको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।बुधबार राति साढे १२ बजेतिर विशालसहित उनका भाइ विक्रम सोही गाउँपालिकाको आहालेस्थिति चौंरी गोठ गएका थिए ।
हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा विशाललाई लेक लागेपछि हातखुट्टा नचलेको र बिहीबार बिहान ३ बजेतिर प्रहरी चोकी प्राङ्बुङबाट प्रहरी टोली पुग्दा उनी मृ’त अवस्थामा फेला परेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए ।
घ’टनास्थललाई प्राङ्बुङ प्रहरीले सुरक्षित गरेको छ । प्रवक्ता विश्वकर्माले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घ’टनास्थलतर्फ खटिएको बताए ।



