काठमाडौं । भारतदेखि नक्कली रक्सी ल्याएर काठमाडौंमा बेच्ने गरेको आ’रोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुले नक्कली स्टिकर टाँसेर विभिन्न होटलहरुमा अवैध बिक्री गर्दै आएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।उनीहरुले भारतकै दुई नागरिकको योजनामा राजश्व नतिरी नक्कली रक्सी ल्याउने र काठमाडौंका ठूलठूला होटलमा बेच्ने गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शुक्रबार र शनिबार दुईदिन लगाएर उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा ३९ वर्षीय सन्तोष चन्द्र बख्रेल, ३० वर्षीय शैलेश पन्त, २८ वर्षीय रविन पाख्रिन र ३८ वर्षीय नारायण प्रसाद घिमिरे रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनीहरुले रवि भन्ने भारतीय नागरिक र सन्तोषचन्द्रको योजनामा भारतबाट राजश्व नतिरी रक्सी ल्याउने गरेको खुलेको हो ।उनीहरूले भारतबाट विभिन्न ब्राण्डका रक्सीहरु ल्याउने र अवैध रुपमा काठमाडौं ल्याएर विभिन्न होटलमा ल्याएर बेच्ने गरेका थिए ।

नक्कली रक्सीलाई सक्कली स्टिकर

उनीहरुले नक्कली रक्सीलाई सक्कली रक्सीको स्टिकर टाँसेर बजारमा पुर्याउने गरेको महानगरीय अ’पराध महाशाखाले जनाएको छ ।भारतबाट चिभास, रेड तथा ब्ल्याक लेबल लगायतका ब्रान्ड रक्सीहरूको नक्कली स्ट्रिकर प्रयोग गरेर बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।ती गिरोहबाट बेचिएका नक्कली रक्सीहरु उपत्यकाका विभिन्न स्थानबाट बरामद गरिएको प्रहरीको भनाइ छ ।

रामकोट, बानेश्वर, कपन लगायतका विभिन्न स्थानहरूबाट गरी जम्मा २९६ कार्टुन मदिराहरू बरामद गरिएको महानगरीय अपराध महाशखाले जनाएको छ ।पक्राउ परेकामध्ये सन्तोष चन्द्र बख्रेलले विगत ३ महिनाभित्र ६६० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याएर अवैध रुपमा विक्री गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनले उक्त अवैध रक्सी बिक्र गर्नका लागि ईन्फिनिटि लिक्योर, मुलपानीका संचालक शैलेश पन्तको साथ लिएर बिक्री गरेको पाइएकोले पन्तलाई पनि नियन्त्रणमा लिइएको बताएको छ ।त्यस्तै नारायण प्रसाद घिमिरेले भने रक्सी ब्राण्डका मदिराहरूको मार्केटिङ गर्ने गरेका थिए ।

प्रहरीको अनुसन्धान

नेपाल प्रहरीले सुरुमा भारतबाट नेपालमा नक्कली ब्रान्डमा रक्सी आइरहेको एक स्रोतबाट पत्तो पायो । त्यसपछि प्रहरीले सामान्य खुद्रा पसलमा पुगेर अनुसन्धान गरेको थियो । अनुसन्धानकै क्रममा काठमाडौं सीतापाइलास्थित एक घरमा व्यवस्थित तरिकाले ती अवैध रक्सीहरु स्टोर गरेर राखेको पत्तो लाग्यो । त्यहीबाट प्रहरीले नै ग्राहक बनेर १४ कार्टुन रक्सी मगायो ।

त्यसपछि प्रहरीले नै ७ सय ५० एमएलको रक्सी २ हजार देखि २५ सय सम्म मूल्यको भएको तथ्य फेला पार्यो । अनुसन्धानका क्रममा फेला पारेको घरमा करिब डेढ करोड भन्दा बढीको रक्सी रहेको खुलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah