काठमाडौं । घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।दुई लाख रुपैयाँ विगोसहित महर्जनविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । उनलाई अख्तियारको टोलीले गत भदौ २१ गते दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।अनुसन्धानको क्रममा महर्जनले सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।

भण्डारीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज बसन्त महर्जनलाई बिगो रु. २,००,००० ।– (दुई लाख रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) देहाय खण्ड (घ) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah