यो जाडो मौसम । कतिपयले तातो पानीले नुहाउने सुविधाको लागि गिजर जडान गरेका हुन्छन् । अझ काठमाडौंमा छ्यापछ्याप्ती खुलेका होस्टलमा विद्यार्थी आकर्षित गर्न गिजरमार्फत् तातो पानीले नुहाउने सुविधा दिइएको हुन्छ । तर व्यवस्थापकले यसको सही प्रयोग गर्न नसिकाउँदा अथवा विद्यार्थी स्वयम्ले सावधानी अपनाउन नसक्दा धेरैले अकालमै ज्या’न गु’माउनु परेको छ ।

हालै, काठमाडौं, मिलनचोकस्थित रुमिज गल्र्स होस्टेलमा २० वर्षिया स्वसिका लिम्बू बाथरूममा नुहाउन छिरेकी थिइन् । तर, बाथरूमभित्रै निसास्सिएर उनको मृ त्यु भयो । त्यस्तै ललितपुरको सुरिवा गल्र्स होस्टलमा बस्ने वीरगन्जकी १९ वर्षीया जेनिथ चौहानको पनि नुहाउने क्रममा बाथरूममा निसास्सिएर मृ त्यु भयो । उता काठमाडौं, बागबजारस्थित केएमसी होस्टलको बाथरूममा ग्यास गिजरले पानी तताएर नुहाइरहेका १८ वर्षीय विद्यार्थी सुशील सहनीले पनि ज्या’न गु’माए ।

यी केही प्रतिनिधि घ’टनाले जेष्ठ नागरिकभन्दा धेरै किशोरकिशोरीहरु गिजरको उचित प्रयोगमा लापरवाह भएको देखिन्छ । यस्ता घ’टना कहाँ कति भएका छन्, यकिन तथ्याङ्क प्रहरीसँग पनि छैन । समस्या गिजर होइन, यसको सही प्रयोगमा लापरवाही हुनु नै मृ’त्युको कारण भएको छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासको बुझाई छ । डा दास भन्छन्, ‘नुहाउँदा केही संकेत वा लक्षण थाहै नपाई कोही पनि अर्धचेत हुँदैन ।

त्यतिबेलै सचेत हुन सके मानिस मृ त्युको मुखबाट जोगिन सक्छ ।’ग्यास गिजर किन्दा र जोड्दा यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी दिने र लिने दुवै चलन छैन । यसको प्रयोगलाई हामीले सामान्य मानिदिन्छौ । जसको कारण जो’खिम बढेको डा. दासको भनाई छ ।डा. दासका अनुसार गिजरबाट अक्सिजनको खपत बढी हुन्छ ।

त्यसले कार्वन मोनोअक्साइड ग्याँसको मात्रा बढाउँछ । कार्वन मोनोअक्साइड श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुग्छ भने फोक्सोबाट रगतको नलीमा पुग्छ, जुन रक्तकोशिकामा हेमोग्लोबिन भन्ने तत्व हुन्छ ।रक्तसञ्चारमार्फत् मस्तिकमा पुग्नुका साथै शरीरको पुरै अंगमा त्यही ग्याँस फैलिन गई, पोइजनिङ भएर मानिसको मृ त्यु हुन्छ ।कार्बन मोनोअक्साइड कमी हुँदा देखिने लक्षण:

– कार्बन मोनोअक्साइड रक्त सञ्चारमार्फत् टाउकोमा पुग्दा सुरूमा टाउको दुख्छ ।

– रिंगटा लागेजस्तो, बान्ता आउलाजस्तो हुन्छ ।

– व्यक्तिलाई आफू कहाँ छु भन्ने थाहा हुन छोड्छ ।

– त्यो अवस्थामा थाहा नपाएको खण्डमा मान्छे अर्धचेत (बेहोस) अवस्थामा पुग्छ ।

– मुटुको गतिमा परिवर्तन आउँछ ।गिजरको प्रयोग कसरी गर्ने ?

– बाथरूममा नुहाउँदा झ्याल वा भेन्टिलेसन खुला राख्ने ।

– गिजर खोलेर नुहाउँदा बेला–बेलामा बन्द गर्ने ।

– आफूलाई स्वास–प्रश्वासमा समस्या आए नआएको ख्याल राख्ने ।

– बाथरूममा लामो समयसम्म बस्ने बानी कम गर्ने ।

– नुहाउन जाँदा घरपरिवारको कुनै सदस्यलाई जानकारी गराउने ।

– बाथरूममा झ्याल वा भेन्टिलेसन छैन भने गिजर नै नजोड्ने ।

– प्राकृतिक रुपमा पानी तताएर नुहाउनु उपयुक्त हुने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah