विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिसमा आज मौजुदा मन्त्रिपरिषद्का आठ मन्त्रीको नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले रामकुमार राईलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, राजन राईलाई सामाजिक विकास मन्त्रालय, खिनु लङ्वा लिम्बूलाई पर्यटन तथा सस्कृति, झलकबहादुर मगरलाई कृषि, शेखरचन्द्र थापालाई वन, वातावरण तथा भू–संरक्षण, ओमप्रकाश सरावगीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, प्रताप प्रकाश हाङगामलाई उद्योग, श्रम तथा रोजगार र उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा आज पद तथा गोपनियनताको शपथ गराउनुभयो ।

प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिमा विसं २०७८ कात्तिक १६ गते गठित मौजुदा मन्त्रिपरिषद्लाई नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको हो ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव एवं कर्मचारीको उपस्थिति रहेको थियो । प्रदेश नं १ मा एक अब राज्यमन्त्रीसहित १४ सदस्यीय मन्त्रिरिषद् भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah