काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार बैठकमा चर्काचर्की भएको खुलासा भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले पनि ओलीलाई आफु प्रधानमन्त्री हुँदा एमसीसी किन अघि नबढाएको भन्दै प्रश्न गरेका छन् । उनले त्यती बेलै सभामुख अग्नी सापकोटा विरुद्ध महाअभियोग नलगाएर अहिले निउँ खोजेको भन्दै ओलीको आलोचना गरेका थिए ।
बालुवाटारमा मंगलवार तीन नेताहरुबीच चर्काचर्की भएको हो । प्रचण्डले ओलीमाथि सदनमा अवरोध गरेको भनेपछि ओलीले आफ्नो पार्टी फुटाउने डिजाइनर भनी चर्किएका थिए भने ओलीले पार्टी फुटाउने डिनाइनर भएको आरोप प्रचण्डलाई लगाएका थिए ।प्रचण्डले ओलीमाथि अदालतमा पनि मु द्दा हाल्ने संसदमा पनि कराइराख्ने भनेपछि ओलीले पनि ‘मेरो पार्टी फुटाउने, मेरा मान्छे चोर्ने र अनेकन डिजाइनर गर्ने’ भनेका थिए ।
ओलीले त्यसपछि ‘डिजाइनरहरु कस्ता हुन्छन् देखाइदिने’ चेतावनी दिएका थिए ।ओलीले माधव नेपालसहित १४ सांसदको विषय उठाएका थिए । उनले सभामुख अग्निप्रसाद सापकोटाको विषय उठाएर कडा कदम चाल्ने चेतावनी दिए । प्रचण्डले पनि कडा स्वरमा ‘अदालतमा विचाराधीन विषय उठाएर सदन अवरोध गरेको र सभामुखलाई तारोमा पारेको’ भनेका थिए ।
ओलीले एमसीसी टेबुल गर्न आनाकानी गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउने प्रस्ताव देउवालाई राखेका थिए । देउवाले पनि ओली ‘प्रधानमन्त्री हुँदा एमसीसी किन अगाडि नबढाएको ?’ ‘सभामुखलाई महाभियोग लगाउने कदम किन नचालेको ? भनी प्रश्न गरेका थिए । बालुवाटारमा २३ माघमा २ घन्टा चलेको छलफल पछि तीन नेताहरुले आ आफ्नो बाटो स्पष्ट गरिसकेको बुझिएको छ । त्यो अब विस्तारै राजनीतिक परिस्थितिका रुपमा देखापर्दै गएको छ ।



