बिष्णुप्रसाद पोखरेल
दमक /बिभिन्न नगरपालिकाहरुको बिकासमा बिश्व बैकले करिब ७० अरब लगानी गर्ने र दमक नगरको बिकासका लागि ५ अरबभन्दा बढि लगानी गर्ने बताइएको छ । नगरहरुको बिकासका लागि विश्व बैकले ६५ देखि ७० अरब लगानी गर्ने बताईएको छ । यसमा दमकको बिकासका लागि करिब ५ अरब लगानी गर्ने जनाइएको छ । . बिशेष गरी पूर्वधार बिकास र दमकको समग्र बिकासका लागि विश्व बैकले यो लगानी गर्ने बताईएको हो ।
आज दमक नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले दमकको डिपिआर तयार बनाउने काम शुरु भएको बताउदै अब दमकको बिकासका लागि सबैको सहयोग र साथ आवश्यक रहेको जनाए ।
६ महिनाभित्रमा विश्व बैकको लगानीमा दमकका सम्पूर्ण पूर्वाधारहरुको डीपीआर निर्माण गरि नगरसभाबाट पारित योजनाहरुको प्राथमिकताको आधारीत भएर लगानी गर्ने बताइएको थियो ।
तत्कालै देखि करिब ५ बर्षको अवधिमा करिब ५ अरब रुपिया विश्व बैकले लगानी गर्नेछ । दमकको बिकासका लागि करिब ५ अरब लगानी गर्ने दमक नगरपालिकाका कार्यकारी अधिकृत यूवराज दाहालले त्यस बिषयमा प्रष्ट्याउदै जानकारी दिएकाहुन् ।
उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले दमकको बिकासका लागि आफूहरु निर्वाचित भएपछि काठमण्डौमा गएर सरोकार वालाहरुसंग छलफल भएको र त्यसबाट धेरै उपलब्धिहरु भएको बताइन् ।
बिद्यूतको समस्या पनि चाँडै हल हुने उनको भनाइ रहेको छ । दमकको भ्यू टावर र औधोगिक पार्कको काम पनि अगाडि बढिसकेको पत्रकार सम्मेलनमा जनाइएको थियो ।
यसैगरी दमकका बिभिन्न ६ वटा रणनीतिक सडकहरु बहुबर्षिया योजनामा परेको, औधोगिक पार्क कार्यन्वयनका लागि छलफल भएको, लोडसेडिङ अन्त्यका लागि बिद्यूत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको ध्यानकर्षण गराइएको , स्थानीय तहको बित्तिय ब्यवस्थापन समिति बिज्ञहरुसंग भेट गरिएको सो अवसरमा जानकारी दिएको थियो ।



